सर्जक अम्गाईको ‘माया तिरिरीरी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । अहिलेका चर्चित गीतकार-सर्जक ध्रुव प्रसाद अम्गाईले माघ १ गते आफ्नो जन्मदिनको अवसर पारेर अर्को नयाँ गीत माया तिरिरीरीको म्यूज़िक भिडियो सार्वजनिक गरेका छन् ।

राधा र कृष्णको काहानीमा आधारित गीत माया तिरिरीरी फरक खालको, मौलिक र साँस्कृतिक कथामा आधारित रहेको छ ।

गीतमा राज सागरको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन तथा रचना रिमाल र प्रताप दासको स्वर रहेको छ । शिशिर श्रेष्ठको निर्देशनमा निर्मित यस भिडियोमा सुधिर श्रेष्ठ र समीक्षा पोखरेलले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् । यसैगरी भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, सुबोल थापाको कोरियोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ ।

एनाक्षी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियो जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ