‘पछेउरी अल्झायो वनको काँडैले’(भिडियोसहित)



काठमाडौं । गायक सुगम शेर्पाको नयाँ लोक गीत ‘पछेउरी अल्झायो वनको काँडैले’ सार्वजनिक भएको छ ।
कोरना कहरका बीच पनि नेपाली संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्नका लागि सार्वजनिक गीतमा शब्द पनि शेर्पाले नै लेखेका छन् ।
पक्कै पनि मार्मिक शब्दहरु रहेको गीतले दर्शकहरुको मन जित्न सफल हुने आशा गर्दै गीतमा भिडियो छायांकनमा निकै मेहनत गरिएको छ ।
बिन्दावासिनी म्युजिकबाट सार्वजनिक भिडियोमा दीपलभ खातीले संगीत दिएका छन् । भिडियोमा दुर्गा खवास, तिलक श्रेष्ठ, सावित्री श्रेष्ठ, ईन्दिरा थापा र तिलबहादुर कार्कीको कुशल अभिनय रहेको छ ।
घनश्याम तिमिल्सिनाको निर्देशन रहेको भिडियोको सम्पादन विश्वास भण्डारीको रहेको छ भने छायाँकन मनोज खड्काको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।