निर्देशक दीपेन्द्र लामाको ’२ नम्बरी’ नामक सिनेमा घोषणा



काठमाडौं । राजधानीमा निर्देशक दीपेन्द्र लामाको नयाँ सिनेमा घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबीच लामाको निर्देशनमा ’२ नम्बरी’ नामक सिनेमाको घोषणा गरिएको हो ।

सिनेमामा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका हुनेछ । निर्माण पक्षले कथावस्तु र भूमिकाको बारेमा खुल्याएको छैन । दीपेन्द्र, बुद्दि र वर्षासँग यसअघि काम गरिसकेको छु’, कार्यक्रममा बोल्दै दयाले भने, ’पलसँगको सहकार्यले खुसि थपेको छ। युवा कलाकारसँग काम गर्न सधै उत्साहित हुन्छु। हामीले भूमिकामा शतप्रतिशत दिने कोशिस गर्नेछौँ।’ डेब्यु सिनेमा ’नाइँ नभन्नु ल ४’ पछि दोस्रो पटक वर्षा र पल एकसाथ देखिन लागेका हुन् ।

पलले भने ’दयाहाङ दाईसँग पहिलो पटक काम गर्न पाउँदा अझ धेरै खुशी छु । माघ २५ देखि फ्लोरमा जाने सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ