‘आस्थालाई ‘थुनेरै’ अनुसन्धान गर्नुपर्ने प्रहरीको हिरोपन्थीचाहिँ मजस्ता धेरैलाई पचेको छैन’



नारायण गाउँले ।

आस्थाजी, थुनेरै अनुसन्धान गर्नुपर्ने केस होइन त्यो भन्ने सबैलाई थाहा छ । तपाईं हिरासतबाहिर हुँदा कसैको जिउधनमा गम्भीर खतरा पनि छ जस्तो लाग्दैन । न तपाईं प्रमाण नष्ट गर्न सक्ने अधिकारसम्पन्न पदमा हुनुहुन्छ । फरार हुने सम्भावना छ भन्ने हो भने तपाईं आफै प्रहरीकहाँ पुग्नुभएको छ । छानबिन नै नगर्ने या मुद्दा नै नचलाउने भन्ने होइन, तर त्यसका लागि पक्राउ गर्नैपर्ने बलियो आधार केही पनि छैन । भोलि अदालतले जेल पठायो या जरीबाना गर्यो भने कुरो अलग हो ।

पुलिसलाई अपशब्दले गाली गर्नु मात्रै होइन, तपाईंको सबैभन्दा ठूलो गल्ती कामको तहको आधारमा तल्लो ‘वर्ग’लाई हेप्नु थियो । अझ तपाईंको सफाइमा आएको भिडियोले त मलाई अझ निराश बनाएको थियो । तल्लो तहमा काम गर्नेहरू त मान्छे नै होइनन् भन्ने खालको तपाईंको सोच त्यहाँ झल्किन्थ्यो । तपाईंको टिप्पणी मन नपराउनेहरूको ‘औकात’ देखिएको भनेर तपाईंले माफी होइन, सफाइ माग्नुभएको थियो । आस्थाजी स्वाभिमान र इज्जत सबैको हुन्छ । कामको आधारमा मान्छेको स्वाभिमान सानो ठूलो हुँदैन । तपाईंले मागेको माफी त सारमा पहिलो भिडियो भन्दा बढ़ी ‘अफेन्सिभ’ थियो । त्यसपछि तपाईंलाई मैले सुनेको छैन ।

एउटा नम्र निवेदन के गर्न चाहन्छु भने तपाईंलाई थुनामा राख्न अदालतसँग अनुमति माग्नेहरू ‘प्यूसो, प्यूपा, बन्दुक्नी या डन्ठिनी’हरू होइनन् । ती तपाईंले अलि आदर गरेका ‘साप’हरू हुन् । हिरासतमा तपाईंले ती सापलाई भेट्नुहुन्न । फेरि तिनै ‘डन्ठिनी’हरू तपाईंसँग हुनेछन् । कृपया त्यो ‘वर्ग’सँग प्रेम र आदरपूर्वक व्यवहार गर्नुहोला । ड्युटी निभाउनु तिनको कर्तव्य हो । र, चेन अफ कमाण्डमा चल्ने संस्थामा ड्युटी भनेको आफूभन्दा माथिल्लो तहबाट आउने आदेश नै हो । तिनको कुनै दोष छैन ।

जेल बस्नु भयङ्कर योग्यता भएको देशमा अरू त के भनम् र ? भनेको कुरो आफैले स्वीकार गरेको, एक हदसम्म माफी पनि मागिसकेको, अनुसन्धानमा सघाउँछु भनेको र आफै प्रहरीकहाँ पुगेको व्यक्तिलाई ‘थुनेरै’ अनुसन्धान गर्नपर्ने प्रहरीको हिरोपन्थीचाहिँ मजस्ता धेरैलाई पचेको छैन । बरू, अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको भन्नुस्, हत्या पनि माफ हुन्छ भनेर सिकाउनु पनि भएन । खै के खै के ! तर, खुशी हुने स्यानो कारण के छ भने, त्यो भिडियोले तपाईंको पब्लिक इमेज धेरै घटाएको थियो, यो हिरासतले त्यसको क्षतिपूर्ति गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ