मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पूरा गर्छुः अनुष्का श्रेष्ठ



काठमाडौं । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न मिस वल्र्ड पेजेन्ट २०१९मा आफूले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने उनले बताइन् । उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको जानकारी दिइन् ।  त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताइन् ।

मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्राप्त गर्न सकेको भन्दै अफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत