अक्षय कुमारले दिएको उपहार देखाउँदै फोटो समाजिकसञ्जालमा



बलिउड अभिनेत्री ट्विंकल खन्नाले आफ्ना श्रीमान तथा बलिउड अभिनेता अक्षय कुमारले दिएको उपहार देखाउँदै फोटो समाजिकसञ्जालमा राखेकी छन् । अक्षय कुमारले ट्विंकललाई विशेष डिजाइनको झुम्का दिएका छन् ।

यसमा हिरामोतीको कुरा होइन, तलपट्टी प्याज राखिएको छ । अक्षय कुमारले दिएको उपहार आफूलाई निकै मनपरेको भन्दै ट्विंकलले सामाजिक सञ्जालमा भनेकी छन स–साना र सामान्य कुराले पनि तपाईंको मन खुसी बनाउँछ । ट्विंकलले यिनै प्याजवाला झुम्का लगाएर इन्स्टाग्राममा राखेको फोटोमा लेखेकी छन ।

एउटा सुटिङबाट अर्को सुटिङमा। मलाई खुसी छ कि मेरो यो बहुमूल्य उपहार मसम्म आइपुगेको छ। यो अंकुरण हुनुअगावै लगाउने मौका पाएँ।’उनका अनुसार यी झुम्का अक्षय कुमारले ’द कपिल शर्मा शो’बाट ल्याएका हुन्। कपिल शोमा अक्षयका साथमा करिना कपुर पनि गएकी थिइन् ।करिनालाई कार्यक्रममा यी प्याजवाला झुम्का देखाइएको भए पनि अक्षयले आफ्नी श्रीमती ट्विंकलका लागि ल्याइदिएका हुन् । ट्विंकल खन्नाको यो फोटोमा फ्यानहरूका धेरै प्रतिक्रिया आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा