अहिलेसम्मकै मल्टिप्लेक्स हलले उच्च शौ दबंग ३ लाई



चर्चित वलिउड नायक सलमान खानको अभिनिच चलचित्र दबंग ३ रिलिज हुने भएको छ । शुक्रबार नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा दबदबा कायम गर्ने पक्का छ ।

सलमान खानको क्रेज नेपालमा राम्रो छ । यसैले, तिहारपछि सुनसान जस्तै देखिएका नेपालका हल डिसेम्बर २० बाट भरिने अपेक्षा हल संचालकको छ । यही आशा अनुसार, यो चलचित्रलाई मल्टिप्लेक्स हलले उच्च शो दिएका छन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स ‘क्यूएफएक्स’ले ‘दबंग ३’लाई अहिलेसम्मकै सर्वा्धिक शोज दिएको छ । यो चलचित्रलाई देशभरका १२ वटा हलमा ८८ शोज दिइएको छ । यो कुनै, चलचित्रलाई क्यूएफएक्सले दिएको अहिलेसम्मकै उच्च शोज हो ।

देशभरका क्यूएफएक्सका सबै हलमा चलचित्रले रेकडब्रेक शोज पाएको छ । यसैले, यी सबै शोजमा दर्शकको उपस्थिती बलियो बनेको खण्डमा ‘दबंग ३’ले रेकर्डब्रेक व्यापार गर्ने पक्का छ । प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा