“म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई सुन्दर मानिँदैन ” : ब्रह्माण्ड सुन्दरी (फोटोफिचर)
एटलान्टामा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छिन् ।
तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।”