२०१९ मा पहिलो नम्बरमा शाहिद कपूर



यी नायक २०१९ मा सर्वा्धिक कमाई गरी बलिउडका तीनै खानलाई पछि पार्न सफल भएको छ । वर्षोदेखि बलिउडमा राज गर्दै आएका तीन खान सलमान, शाहरुख र अमिरको यो वर्ष त्यति धेरै चर्चा हुन सकेन । सलमान खानको फिल्म ‘भारत’ पनि खासै सफल भएन । यी तीनै खानको फिल्म सफल नहुँदा यता शाहिद कपूरको भने चर्चा निकै बढ्यो । उनको फिल्म ‘कबीर सिंह’ अत्याधिक सफलता पायो । यो फिल्मको कमाई २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको पहिलो नम्बरमा पर्न सफल भयो । अर्जुन रेड्डीको रिमेकले २७८ करोड भारु कमायो । यस कमाईसँगै बलिउडमा सर्वा्धिक कमाउने अभिनेताको पहिलो नम्बरमा शाहिद कपूर पर्न सफल भए ।
यसैगरी, बक्सअफिसको दोस्रो नम्बरमा रहेका छन्, विक्की कौशल । यस वर्ष आएको ‘उरी–द सर्जीकल स्ट्राइक’ ले २४० करोड भारु कलेक्शन गरेको थियो । यस फिल्मले उनलाई ठूलो स्टारको रुपमा स्थापित गरिदियो ।

त्यस्तै ऋतिक रोशनको फिल्म ‘वार’ पनि उत्तिकै कमाई गर्यो । उनको यो फिल्म वर्षकै धेरै कलेक्शन गर्ने फिल्ममा पर्न सफल भयो । यसले ३१८ करोड भारु कलेक्शन गर्यो । ऋतिकको दोस्रो फिल्म ‘सुपर ३०’ ले १४६ करोड भारु कलेक्शन गरेको छ । यी दुवै फिल्मको कलेक्शनको औसत २३२.०५ करोड भारु हुन आयो । जसको कारण ऋतिक यो वर्षको बक्स अफिस कलेक्शनको तेस्रो नम्बरमा पर्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा