‘राष्ट्रिय लोक तथा दोहोरीगीत कलाकारलाई चुनाबी ज्वरो



लोक तथा दोहोरी कलाकारहरुलाई चुनाव लागेको छ । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन सुरु हुनै लाग्दा चुनावी सरगर्मी बढेको हो । मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म पोखरामा महाधिवेशनको तयारीमा कलाकारहरु लागिरहेका छन् । उम्मेदवारी दिएका कलाकारहरु आफ्नो योजना सुनाउन र भोट माग्न व्यस्त छन् । सामाजिक संजालहरुमा भिमसेन खतिवडा र अन्य कलाकार लगायत आफ्नो उम्मेदवारी दिएको फोटो सहित भोटको अपिल गरिरहेका छन् ।


यस पटक अध्यक्ष पदका लागि लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीले उम्मेदवारी अध्यक्ष पदमा नै दुई पटक हारेका विष्णुले तेस्रो पटक उम्मेदवारी दिएका हुन् । रमेश अहिले वरिष्ठ उपाध्यक्ष पदमा छन् । निर्वाचनका लागि को(को कलाकार कुन(कुन पदमा उठ्ने भन्ने शनिबार मात्र पक्का हुनेछ । आफ्नो उम्मेदवारी घोषणा गर्दै केही कलाकार भोट माग्न व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा