‘फिल्म साउथ एसिया–२०१९’ सुरु



ललितपुर । पाटनको यलमाया केन्द्रमा दक्षिण एसियाकै प्रमुख चलचित्र महोत्सव ‘फिल्म साउथ एसिया–२०१९’ सुरु भएको छ । महोत्सवको १२ औँ संस्करणमा सात देशका ६३ वृत्तचित्र रहेका छन् । बिहीबार पहिलो दिन स्टुडेन्टतर्फका १२ वटा वृत्तचित्र प्रदर्शन गरिएका छन् । जसमा नेपाली निर्देशकहरु आशिष लिम्बू र देबीन राईको ‘द विन्टर ट्याप’, चलचित्र पहिलो शो देखाएको छ ।


फिल्ममा दुर्गम गाउँमा पानीको अभावलाई मुख्य बिषय बनाइएको छ । नेपालको पहाडी क्षेत्रमा पानी ल्याउन पाइपको सट्टा बाँसलाई दुई चिरा पारेर बनाइएको पाइपको काम त्यही दुई चिरा बाँसलाई नै बनाएका धारोमा जोडिएको फिल्ममा देखाइएको छ । त्यो जोडी पछि घरको बाँसको धारोमा पानी निरन्तर आएर त्यो घरका पशुपंक्षी लिएर सबै खुशी भएका देखिन्छ ।


यो फिल्म संखुवासभाको एक गाउँको दुर्गम क्षेत्रको भएको निर्देशक देवीन राईले जानकारी दिए । हलमा बिहानको समयमा प्रायः बिदेशी दर्शकहरु खचाखच थिए । चार दिनसम्म चल्ने चलचित्र महोत्सवमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान तथा म्यानमारका चलचित्र देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो