नेपाल लोकस्टारको उपाधि शनी विश्वकर्मालाई



काठमाडौं । शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता बनेका हुन् । उनले नगद ५० लाख रुपैयाँ पाएका छन् ।

प्रदर्शनीमार्गस्थित भुकुटीमण्डपमा भएको ग्रान्ड फिनालेमा फष्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फष्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

बमबमबम
यसैबीच, लिट्मस इलेक्टीफाइन पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेका छन् । उनले यो टाइटलसँगै नगद दुई लाख पनि जितेका छन् ।

गत शनिबार मध्यान्ह १२ बजेबाट शुक्रबार मध्यान्ह १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने ब्यबस्था मिलाइएको थियो । चार जना प्रतियोगीका लागि ५५ लाख भोट खसेको आयोजकले जनाएको छ ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष