राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा शान्तिश्री
काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको ५ औं अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गायीका शान्तिश्री परियार निर्विरोध निर्वाचित भएकी छिन् ।
उनले निर्वाचित भएपछि अधिबेशन सम्पन्न पार्न अहम भुमिका खेल्ने बर्तमान केन्द्रिय अध्यक्षज्युलगायत केन्द्रिय कार्यसमिति, केन्द्र अनि समन्वय समितिका संरक्षक,सल्लाहकारलगायत समन्वय समिती परिवार र अन्य नौ वटा समितिका पदाधिकारीहरु, जिल्ला, अञ्चल र परदेशबाट उपस्थित पाहुनाहरुलगायत सबैलाइ धन्यवाद दिएकी छिन् ।