किरण गजमेरको ‘गोर्खे'(भिडियोसहित)



काठमाडाैं । फिल्ड मार्शल स्याम मानिक्शाको एउटा चर्चित भनाई छ  “ यदि कसैले मर्न देखि डराउदिन भन्छ भने कि त उसले झुट बोलेको हुनु पर्छ कि त उ गोर्खाली हुनुपर्छ । ”  गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन । हाम्रो देश पुर्खाको विरताले आर्जेको देश हो । यो देशको चन्द्र सुर्य नकहिले झुकेको छ न त यो देशले स्वतन्त्रता दिवस मनाएको छ ।

आफ्नो देशको माया कसलाई पो लाग्दैन होला र आखिर जहाँ भएपनि यो मन त हाम्रो नेपाली नै हो । आफ्नो जन्मभूमि को माया कतिलाग्छ भन्ने कुरा कि त लडाईको मैदानमा होमिएको सिपाहीलाई कि त बिदेशिएका जुनसुकै नेपालीलाई सोध्यो भने थाहाहुन्छ ।सायद त्यहि भएर  होला जहाँ भएपनि नेपालीहरुको मुटुमा देशप्रेम हटेको हुदैन ।

नेपालमा रहँदा भुटानी शरणार्थीहरु आफूलाई ‘नेपाली भाषी भुटानी शरणार्थी’ भन्न रुचाउँथे । जब उनीहरु तेस्रो मुलुक पुनर्वास भए, त्यसपछि उनीहरु नेपाललाई पुर्खाको देश भन्न थालेका छन् । अमेरिका , क्यानेडाका नागरिक भैसक्दा पनि उनीहरु नेपाली भाषा, साहित्य र कलालाई निकै माया गर्छन । अमेरिकामा बसेका भुटानी नेपाली भेटघाट हुदा प्रायजसोले नेपाली भाषा बोल्छन् । उनीहरुहरुले गर्ने कार्यक्रममा नेपाली भेषभुषा र नेपाली गीत नै बज्छन ।

नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले रास्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको अवाश्यकता भनेको राष्ट्रियता हो ।अमेरिकामा बसेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशील रास्ट्रप्रेमी युवा पुस्ताका सर्जक कलाकारहरुले सोहि कुरालाई महसुस गरेर भर्खरै मात्र  ” गोर्खे ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

यस गीतमा स्वर प्रतिभाशाली गायक किरण गजमेरको रहेको छ । गीतका शब्द नारायण ढुङ्गाना र प्रलाद ढुङ्गानाले मिलेर लेखेका हुन । गीतमा संगीत रुपेश  DGNA को रहेको छ। गोपाल रसाइलीले गीतको संगीत संयोजन गरेका हुन ।

म्युजिक भिडियोमा विभिन्न कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन  गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन । लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन ।  हरि घिमिरेको लगानीमा  भिडियो निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष