शिवको ‘भेट हुँदा’ सार्वजनिक



काठमाडौं । चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुँदा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ ।

उक्त गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । ‘भेट हुँदा’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । विकास ज्ञवालीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरिवंश आचार्यको ‘माछीलाई खोलीको लेउ’

हास्यकलाकार हरिवंश आचार्य र गायिका मेलिना राईको आवाजमा ‘माछीलाई खोलीको लेउ’ बोलको गीत

सपना पौडेल र बल्छी धुर्बेको ‘पारि वन हरियो’

पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायकको रुपमा समेत अगाडि

गायक हुमागाईंको “पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

काठमाडौं । सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण