इन्जिनियरिङ परिषद् ऐनबारे संसदीय समितिमा छलफल सुरु



काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ लाई संशोधन गर्न बनेको बिधयेक माथि संसदको विकास तथा प्रविधि समितिमा छलफल प्रारम्भ भएको छ । समितिले बुधबार बिधयेकको संशोधनका बारेमा सरोकारवालासंग छलफल गरेको हो । बैठकमा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लिरमण निरौलाले परिवर्तित समयमा उक्त ऐनको संशोधन आवश्यक रहेको बताए ।

उनले ऐनलाई सरलीकृत गर्नुपर्ने पनि देखिएको बताए । विश्वविद्यालयले इन्जिनियरिङको पाठ्यक्रम बनाउँदा परिषद्लाई पनि समावेश गराउनुपर्ने बताए ४ बर्षको मेहनतसँगै प्राप्त भएको स्नातकको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेश गरेकै भरमा हालसम्म इन्जिनियरिङ परिषदबाट लाइसेन्स तथा दर्ता नम्बर प्राप्त गर्ने प्रावधान छ ।

तर अब लाइसेन्स परीक्षा पास भएपछि मात्रै लाइसेन्स नम्बर दिने व्यवस्था अनिवार्य रहेको उनले बताए । प्रस्तावित विधेयकमा इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने व्यवस्था छ । उक्त बिधेयकमाथिको छलफल आगामी बैठकमा जारी रहने र बिधेयकलाई समयसापेक्ष बनाउन आवश्यक देखिएको समिति सभापति कल्याणी खड्काले जानकारी बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

  राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ

पुल्चोक इन्जिनियरिङ क्याम्पसको भवन जीर्ण, पुनर्निर्माणका लागि बजेट नपाएको गुनासो

  ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका

बाहिर प्रचार गरिए जस्तो इञ्जिनियरिङमा विद्यार्थीको कमी भएको होइन

  प्रकाश सिलवाल, काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स