‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन



काठमाडौं । इन्जिनियर जनकराज पन्तसहित लेखकहरुको लेखको संग्रह ‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन भएको छ। सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८०० पृष्ठको उक्त पुस्तक सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गरेका थिए।

कार्यक्रममा महानिर्देशक शर्माले देश विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्त्व दिनुपर्ने माग गरे। अबको युग विकासको भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिकतर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको र यस पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताइन्।

प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले पुस्तक प्रकाशन गरेको नालन्दा फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् । गएराति

यस्ता छन् इन्जिनियर्स एसोसिएसनको चुनावमा सदस्य पदका उम्मेदवार महतोका एजेण्डा

काठमाडौं । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) को भदौ २८ मा हुने निर्वाचनमा इन्जिनियर

स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ