विद्यालय शिक्षा विधेयक शीघ्र टुङ्गोमा पुर्याउन  दलहरुलाई शिक्षामन्त्रीको आग्रह



 

काठमाडौँ । विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुले विद्यालय शिक्षा विधेयक दु्रत गतिमा अघि बढाउन सम्बन्धित समितिसमक्ष अनुरोध गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापासहितको छलफलका क्रममा प्रमुख दलका प्रमुख सचेतकले यस्तो आग्रह गरेका हुन् ।

साथै उनीहरुले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यस अवसरमा मन्त्री भट्टराईले  विधेयक शीघ्र टुङ्गोमा पुर्याउन उपसमितिमार्फत काम भइरहेको उल्लेख गर्दै सहयोगका लागि सबै दलसँग आग्रह गरिन् ।

त्यसअवसरमा शिक्षक आन्दोलनका विषयमा समेत छलफल भएको थियो । सहभागी प्रमुख सचेतकहरुले शिक्षकहरूसँग यसअघि सरकारले गरेका सम्झौताहरूलाई विधेयकमा सम्बोधन गर्न सुझाव दिए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा हाल दफावार छलफल भइरहेको छ । समितिका सभापति थापाले यस विषयमा थप छलफल गरी विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउने जानकारी दिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ महानगरका सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट

आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेआन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण

पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला आयोजना

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ

पीजीमा निजी मेडिकल कलेजको सिट घटाउने आयोगको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी)मा निजी मेडिकल कलेजको सिट