नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण



काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।

केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा नवनिर्वाचित अध्यक्ष गीता क्षेत्री राणासहितका पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चयन भएकी राणाले पदभार ग्रहण गर्दै निजी विद्यालयहरूको हकहित, सहज पठनपाठन, र सरकारसँग सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् ।

उनले निजी विद्यालयहरू समाज र देशका लागि अपरिहार्य भएको उल्लेख गर्दै सहज सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाइन् । साथै, विद्यार्थीको भविष्य अन्योलमा नपर्ने गरी नीति निर्माण र विद्यालय व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरीले नव निर्वाचित अध्यक्ष गीता क्षेत्री राणालाई पद हस्तान्तरण गरेका थिए ।

महासचिव पारसमणी दाहालले नव निर्वाचित महासचिव प्रताप बहादुर थापालाई केन्द्रीय माइन्युट र सचिवालयका सम्पूर्ण सामग्रीहरू हस्तान्तरण गरेका थिए ।

महाधिवेशनले अध्यक्षमा गीता क्षेत्री राणालाई निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रमोहन भट्टराई, सूर्यबहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी, कमल बहादुर सिंह चयन भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा तिलकबहादुर चौहान, कुमारबहादुर भट्टराई, डम्बरबहादुर कार्की, कुसुम रानाभाट, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, डा.नन्दन यादव निर्वाचित भएका छन्।

महासचिवमा प्रतापबहादुर थापा, उपमहासचिवमा कृष्णप्रसाद पौडेल र बमदेव न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा कुवेर बस्नेत, सहकोषाध्यक्षमा महेन्द्र पुन र शिवदत्त तिवारी चयन भएका छन्। केन्द्रीय सचिवहरूमा अली महमद अन्सारी, राजु रोकाया, राजु पाण्डे, विक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्रदेव शाह, सन्तबहादुर तामाङ, चूडामणि बुढाथोकी, श्यामबहादुर कुँवर, तेन्जी भोटिया रहेका छन् ।

त्यसैगरी, सदस्यहरूमा रामप्रसाद अधिकारी, काशीनाथ कोईराला, रामप्रसाद पाण्डे, रविनप्रसाद पौडेल, चन्द्रनारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राइन, श्याम पार्की (कौनी), युवराज शाही, गायत्री राना, खेमराज कोइराला, सीता चौधरी, रामबाबु प्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोइरी, ई.विनय श्रेष्ठ, नारायणप्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य, जितबहादुर केसी चयन भएका छन् । निवर्तमान अध्यक्ष हमालले नव निर्वाचित अध्यक्ष राणासहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ