एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र शिक्षक समाजबीच एकता
काठमाडौं । माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् ।
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । त्यसक्रममा दुवै सङ्गठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।
सङ्गठनका अध्यक्ष अधिकारीले शिक्षका अधिकारका निम्ति एकता आवश्यक भएको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।