मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त



बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा ज्ञवालीसहित सर्लाहीका डा हरिबहादुर खड्का र काठमाडौँ निवासी डा सुजन मानन्धरको नाम सिफारिस भएको थियो ।

डा ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका छन् । उनी महाराजगन्ज मेडिकल क्याम्पस ‘एसोसियट प्रोफेसर’समेत हुन् । डा ज्ञावालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव भएर काम गरिसकेका छन् ।

चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा विश्वराज जोशी बिदा भएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । यसैगरी आजैको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालगंजस्थित त्रिविको परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा स्थानान्तरण

नेपालगंज । नेपालगंजस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

सर्लाही । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका-२ ध्रुवा टोलका

बाढीले विद्यालय डुबेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन

  दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले

शिक्षा मन्त्रालयले एउटा निकायमा दुईवर्ष भन्दाबढी अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको सरुवा तथा पदस्थापनका लागि विभिन्न