नेपालमा थप विश्वविद्यालय आवश्यक छैनः सांसद पौडेल



 

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ ।

समितिको सोमबार बसेको बैठकमा उक्त विधेयकमाथि संशोधन राख्ने सांसदहरुले बोलेका थिए । संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गरे ।

सांसद प्रदीप पौडेलले डेढ दर्जनभन्दा बढी विश्वविद्यालय रहेको अवस्थामा नेपालमा विश्वविद्यालय किन आवश्यक पर्यो भनी प्रश्न गरे । अरू विश्वविद्यालयले भन्दा फरक अध्ययन गर्ने के विषय हुन् त्यो पुष्टि हुन नसकेको भन्दै उनले व्यावहारिक सीप र दक्षता हासिल गर्ने विश्वविद्यालय आवश्यक भएको बताए । सांसद पौडेलले विश्वविद्यालयसम्बन्धी छाता ऐन बनाएर सोही मातहतमा सम्बन्धन दिने व्यवस्था गर्न पनि माग गरे ।

सांसद दामोदर पौडेल बैरागीले नेपालमा हाल १७ वटा विश्वविद्यालय रहेका र ती विश्वविद्यालयभन्दा फरक अध्ययन अध्यापन हुने विश्वविद्यालयका रुपमा यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याए ।

सांसद प्रेम सुवालले नेपालमा धेरै सङ्ख्यामा विश्वविद्यालय रहेकाले अर्को विश्वविद्यालय किन आवश्यक पर्यो र यसको भौतिक पूर्वाधारको अवस्थाबारे पनि स्पष्ट पार्न माग गरे । समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि उठेका विषयमा पुनः छलफल गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान, गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी शिक्षामार्फत दक्ष, सृजनशील तथा उद्यमशील मानवस्रोत उत्पादन गर्ने विधेयकको उद्देश्य रहेको छ । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो विधेयक सङ्घीय संसद्मा पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब बजेट विनियोजन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ बजेट करिब शून्य दशमलव ३० प्रतिशतले

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत, अब सरुवाका लागि के गर्नुपर्छ ?

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

वीरगंज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर क्षेत्रका विद्यालयको पठनपाठन तीन दिन बन्द

‘डिएण्डएडी यल्लो पेन्सिल’ अवार्ड नित्या रञ्जना लिपीलाई

  काठमाडौँ ।  ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) लिपीले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस