नेपालमा थप विश्वविद्यालय आवश्यक छैनः सांसद पौडेल



 

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ ।

समितिको सोमबार बसेको बैठकमा उक्त विधेयकमाथि संशोधन राख्ने सांसदहरुले बोलेका थिए । संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गरे ।

सांसद प्रदीप पौडेलले डेढ दर्जनभन्दा बढी विश्वविद्यालय रहेको अवस्थामा नेपालमा विश्वविद्यालय किन आवश्यक पर्यो भनी प्रश्न गरे । अरू विश्वविद्यालयले भन्दा फरक अध्ययन गर्ने के विषय हुन् त्यो पुष्टि हुन नसकेको भन्दै उनले व्यावहारिक सीप र दक्षता हासिल गर्ने विश्वविद्यालय आवश्यक भएको बताए । सांसद पौडेलले विश्वविद्यालयसम्बन्धी छाता ऐन बनाएर सोही मातहतमा सम्बन्धन दिने व्यवस्था गर्न पनि माग गरे ।

सांसद दामोदर पौडेल बैरागीले नेपालमा हाल १७ वटा विश्वविद्यालय रहेका र ती विश्वविद्यालयभन्दा फरक अध्ययन अध्यापन हुने विश्वविद्यालयका रुपमा यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याए ।

सांसद प्रेम सुवालले नेपालमा धेरै सङ्ख्यामा विश्वविद्यालय रहेकाले अर्को विश्वविद्यालय किन आवश्यक पर्यो र यसको भौतिक पूर्वाधारको अवस्थाबारे पनि स्पष्ट पार्न माग गरे । समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि उठेका विषयमा पुनः छलफल गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान, गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी शिक्षामार्फत दक्ष, सृजनशील तथा उद्यमशील मानवस्रोत उत्पादन गर्ने विधेयकको उद्देश्य रहेको छ । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो विधेयक सङ्घीय संसद्मा पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको