विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४९ प्रतिशत अनुत्तीर्ण



 

काठमाडौँ । विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र उत्तीर्ण  भएका छन् ।  मेडिकल काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजामा ९४ जना उत्तीर्ण भएको निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठले जानकारी दिए ।

काउन्सिलले गत शुक्रबार  विभिन्न २५ विधामा सञ्चालन गरेको २७औँ विशेष परीक्षामा एक सय ८३ जना परीक्षार्थी सहभागीमध्य ९४ जना अर्थात् ५१ दशमलव ३६ प्रतिशत उत्तीर्ण भएका हुन् ।

उनान्नब्बे जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएका ६ जनाको नतिजा रोका भएको काउन्सिलले उल्लेख गरेको छ ।

यसअघि साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षान्त २०८०ः विद्यालय शिक्षा विधेयकले तताएको वर्ष

काठमाडौँ । संसदीय इतिहासमै सम्भवतः सबैभन्दा बढी संशोधन परेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’

त्रिविको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल

चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटी र वाल्मीकि विद्यापीठबीच सम्झौता

काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको