शुल्क विवादका कारण पुल्चोक क्याम्पसका प्राध्यापकले दिए सामूहिक राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापकहरूले सामूहिक राजीनामा दिएका छन् ।
बुधबार विज्ञप्ति जारी गरी क्याम्पसका डिन, सहायक डिन, विभागीय प्रमुख, उपप्रमुखहरूले सामूहिक राजीनामा दिएको जनाएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजीनामा दिने निर्णय गरेको हो । पुल्चोक क्याम्पसमा शुल्क विवादका कारण केही समययता तनाव सिर्जना भएको छ।