कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी



कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड क्यानडाबीच समझदारी भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल र मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भ्वाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलले पाँच वर्षका लागि उक्त समझदारी पत्रमा मङ्गलबार हस्ताक्षर गरेका छन् । प्राज्ञिक तथा शैक्षिक क्षेत्रका साझा मुद्दामा सहकार्य गरेर जाने गरी दुवै पक्षबीच समझदारी भएको प्रतिष्ठानले जनाएको छ ।

‘फ्याकल्टी’ सदस्यबीच ज्ञान आदान प्रदान, विद्यार्थी मोविलिटी, विभिन्न प्रकाशन, अनुसन्धान सामग्री तथा समाचार आदानप्रदान गर्ने, अनुसन्धान, शिक्षण तथा सङ्काय विकाससँग सम्बन्धित कार्यमा संयुक्त सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै, दुवै पक्षले डिग्री कार्यक्रम विकास तथा विस्तारका लागि साझेदार संस्थासँगको सहकार्यमा संयुक्त अभियान थाल्ने, अन्डरग्याजुएट र ग्र्याजुएट अध्ययनको पूर्ण डिग्री भुक्तानीको लागि अवसर दिने, प्रशासनिक सहयोग र क्षमता अभिवृद्धिमा सहकार्य गर्नेछन् ।

मूलतः भौतिक, आर्थिक तथा अन्य दायित्वमा दुवै संस्थाबीच कानुनी प्रतिबन्ध नरहने, समझदारी पत्र पाँच वर्षसम्म लागु गर्ने र आवश्यकतामा दुवै पक्षको सहमतिका आधार त्यसलाई थप गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

जुम्ला प्रतिष्ठान पुग्नुभएका मेमोरियल विश्वविद्यालय क्यानडाका प्रोभोष्ट तथा भाइस प्रिसिडेन्ट मार्गेरेट स्टिलको टोलीका सदस्य मेडिकल एन्थ्रोपोलोजिष्ट प्रोफेसर जिल एलिसन, एमडीजिपी प्रोफेसर डेभिड एलिसनले प्रतिष्ठानको भौतिक संरचना, प्रशासनिक, तथा शैक्षिक क्षेत्रको अध्ययन अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले