इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल



काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्रा. डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा संज्ञानात्मक पक्ष’ विषयक अन्तर सञ्जाल सम्मेलन आयोजना गरेको छ ।

नेपालका लागि इजरायली राजदूत हनान गोडरले ‘अन्दाजी र पूर्वाग्रह’ विषयक सम्मेलन विभिन्न अनिश्चित घटनाबाट सुरक्षित रहन तथा प्रत्येक व्यक्तिका दैनिक अभ्यासमा आधारित त्रुटीहरूको समाधानमा उपयोगी भएको बताए ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले यस किसिमका सूचनामूलक कार्यक्रमले विद्यार्थीलाई मात्रै नभएर सम्पूर्ण सहभागीलाईसमेत लाभान्वित गराउने बताइन् । नेपालमा कृषि केन्द्र स्थापनालगायतका विभिन्न विषयमा इजरायल र नेपालले सफलतापूर्वक सम्झौता–पत्रमा हस्ताक्षर हुँदा गौरवबोध भएको जनाइन् ।

प्रा डा ओरीले संज्ञानात्मक पूर्वाग्रहमाथि विजय हासिल गर्ने पहिलो कदम नै आफूसँग त्यो कुरा भएको स्वीकार गर्नु हो भन्ने कुरामा जोड दिए । डा ओरीका अनुसार कहिलेकाहीँ अति अत्याधुनिक र परिष्कृत चिन्तक पनि आफ्नै संज्ञानात्मक पूर्वाग्रहको सिकार हुने भएकाले प्रत्येक व्यक्ति यस विषयमा सावधान हुनुपर्ने बताए ।

प्रा डा ओरीले डेनियल कान्हेमान र एमोस नाथन टिभर्सकीलगायतका विज्ञहरूको निर्णय निर्माण प्रक्रियामा मानव व्यवहारको विरोधाभास र विवादास्पदता झल्काइएको भिडियो सामग्री पनि प्रस्तुत गरेका थिए । डानियल कान्हेमान अर्थ–विज्ञानमा नोबेल मेमोरियल पुरस्कारबाट सन् २००२ मा विभूषितसमेत भएका थिए ।

एड्भान्स्ड कलेज अफ इञ्जिनीयरिङका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले नेपाल र इजरायलबीच प्रगाढ हुँदै गइरहेको मित्रताप्रति प्रसन्नता व्यक्त गर्दै प्रा डा ओरीलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरे ।

कलेजका प्रिन्सिपल इञ्जिनीयर लोचनलाल अमात्यले ओरीद्वारा प्रस्तुत सत्रको प्रशंसनीय टिप्पणी गर्दै इञ्जिनीयरिङ क्षेत्रमा संज्ञानात्मक पूर्वाग्रहका बारेमा आफ्ना सिकाइसम्बन्धी अनुभव आदान प्रदानलाई निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय शिक्षा ऐनको प्रगतिबारे संसदलाई जानकारी गराउन सांसद थापाको माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले शिक्षक आन्दोलनका क्रममा आइतबार भएको घटनाप्रति

शिक्षक आन्दोलनमा दमन नगरी वार्ताबाट माग सम्बोधन गर्न सरकारलाई सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति

विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी घोषणा हुन रोकियो ?

-प्रदीप ज्ञवाली । शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको

शिक्षक महासंघले भन्यो-सरकारद्वारा संरक्षित भिजिलान्तेले स्थिति भड्काए, १२ शिक्षक गम्भीर

काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको नयाँबानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएकामध्ये