काठमाडौं महानगरका आधारभूत तहका ५२ शिक्षकको पदस्थापन



काठमाडौं । आइतबार महानगरका बिभिन्न विद्यालयमा ५२ जना आधारभूत तहका शिक्षकहरुको पदस्थापन भएको छ । शिक्षा तथा मानव श्रोत बिकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइबाट सिफारिस भइ आएका प्राथमिक शिक्षक तृतीय श्रेणीमा नियुक्त शिक्षकहरुलाई महानगरको शिक्षा समितिको निर्णयबमोजिम पदस्थापन गरिएको हो ।

यसरी पदस्थापन हुनुहुनेमा ३९ जना महिला र १३ जना पुरुष छन् । उनीहरुलाई आइतबारै महानगरका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा शिक्षा अधिकारी निर्मला केसीले पद तथा गोपनीयताको शपथ गराइन् ।

महानगरमा बिषयगत ३ वटा ३० वटा आधारभूत र ६१ वटा माध्यमिक बिद्यालय छन् । यीमध्ये माध्यमिक तहमा ४२०, निम्न माध्यमिक तहमा ४८६ र आधारभूत तहमा ८८८ शिक्षक दरबन्दी रहेको छ ।

यीमध्ये गएको साउन २९ गते माध्यमिक तहका २० जना शिक्षकको र कार्तिक २४ गते १ जना पुरुषसहित २६ जना निम्न माध्यमिक तहका शिक्षकको र आज ५२ जना आधारभूत तहका शिक्षकको पदस्थापन गरिएको हो ।

यो पदस्थापन गएको १ बर्ष अघिको मागका आधारमा भएको हो । त्यसपछि पनि अवकार प्राप्त गर्ने, राजीनामा दिने शिक्षक भएकाले आधारभूत तहमा नै करीब २२ जना शिक्षक दरबन्दी खाली छ ।

शिक्षा समितिको बैठकले निम्न माध्यमिक तहका शिक्षकको पदस्थापनलाई अनुमोदन गरेको छ । त्यस्तै पशुपति मित्र माध्यमिक विद्यालय चावहिलमा काजमा रहेकी प्राथमिक तह द्वितीय श्रेणीकी शिक्षिका प्रमिला पाण्डे, परोपकार आदर्श माध्यमिक विद्यालय भीमसेनस्थानमा काजमा काम गरिरहेकी प्राथमिक तह तृतीय श्रेणीकी शीलु ढुङ्गाना र जनकल्याण माध्यमिक बिद्यालय बौद्धमा काजमा काम गरिरहेकी प्राथमिक तह द्वितीय श्रेणीकी शर्मिला राजभण्डारीलाई काजमै रहेको विद्यालयमा पदस्थापना गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

गलकोट (बागलुङ) । बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने