अन्तरा इन्टरनेशनलका संचालकविरुद्ध मुद्दा १७ करोड विगो माग गर्दै मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ ।

विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि मार्फत जानकारी दिएको छ ।

आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीका किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

  प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड सहयोग

  काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप