विश्व

कब्जामा लिइएको ब्रिटिश ट्याङ्कर इरानद्वारा फिर्ता

जुलाइमा इरानले कब्जामा लिएको ब्रिटिश ध्वजाबाहक ट्याङ्करलाई दुई महिनापछि तेहरानले छाडिदिएको छ। स्टेना इम्पेरो नामक स्विडिश स्वामित्वको पानीजहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पुगिसकेको र दुबइतर्फ लागेको बताइएको छ। जिब्राल्टरमा ब्रिटिश नौसैनिकको मद्दतमा एक इरानी ट्याङ्कर कब्जामा लिइएको दुई सातापछि सो पानीजहाजलाई इरानले कब्जा