फेसबुकमा अब ‘लाइक’को सङ्ख्या नदेखाउने



सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा ‘लाइक’को सङ्ख्या लुकाउन लागेको छ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका ‘लाइक’को सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप ‘लाइक’को सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ।

आफ्ना पोस्टमा चाहिँ गरिएका ‘लाइक’को सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, “लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।”

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन्।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ‘लाइक’को सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो।

तर त्यति बेला फेसबुकले त्यसबारे प्रतिक्रिया दिन मानेन।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

‘लाइक’को सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे।

तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा उसले केही बताएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पबाट पाकिस्तानमा ९ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति गएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सोमालियामा सेनाको कारबाहीमा अल–शबाबका ३० लडाकुको मृत्यु

सोमाली राष्ट्रिय सेनाले दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको

युक्रेन द्वन्द्व वार्ताका माध्यमबाट अन्त्य गर्न पुटिनलाई चिनियाँ राष्ट्रपतिको सुझाव

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङ र उनका रुसी समकक्षी