खेलकुद

जहाँ पाँच महिनादेखि खेलकुद मन्त्री छैन, अनि यस्तो देशमा खेलाडीहरु खेल्दाखेल्दै विदेश नगए कुन देश को जान्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि खेलकुद मन्त्रालय मन्त्रीविहीन भएको भन्दै सरकारलाई कटाक्ष गरेका छन् । प्रधानमन्त्री थ्रि नेशन्स कप विजेता नेपाली टोलीलाई बधाई दिँदै मेयर साहले सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको भन्दै कटाक्ष गरेका हुन् ।