विराटनगर सिटी एफसीले जित्यो विराट गोल्डकप



विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले जितेको छ । विराटनगरको शहीद रंगशालामा फ्लर्ड लाइटमा बिहीबार साँझ भएको फाइनलमा भारतीय क्लब लुका सकरलाई ४–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पारेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो भने २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो ।

त्यस यता पहिलो पटक उपाधि जित्न सफल भयो । विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरला उपविजेता बन्न सफल भयो । वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको विराटनगरलाई जिताउनका लागि अफिज ओलावालेले, विमल घर्तिमगर, मेसुके ओलोमोउ र अभिषेक गुरुङले एक एक गोल गरे ।

खेलको सातौं मिनेटमा विमल घर्तिमगरले डि बक्सबाहिरबाट दिएको पासलाई अफिज ओलावालेले उत्कृष्ट फिनिसिङ गरेका थिए । दशौं मिनेटमा लुका सकरका मोहमद फैजानले बराबरी गर्ने मौकालाई विराटनगरका गोलकिपर विशाल श्रेष्ठ बाधक बनेका थिए । दुवै टिमले लगातार गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।

७१ औं मिनेटमा विराटनगरले पेनाल्टी पाएको थियो । मेसुके ओलामोले गरेको प्रहारलाई लुका सकरका कप्तान मोहम्मद अर्सदले डी बक्समा क्लियर गर्दा ह्यान्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । विराटनगरका स्टेफन वियोंगले गरेको प्रहारलाई लुका सकरमा गोलकिपर सनफिरले सहजै सेभ गरेपछि अग्रता दोब्बर हुनबाट जोगाएका थिए ।

७९ औं मिनेटमा स्टेफन वियोंगले गरेको क्रसलाई विमल घर्तिमगरले गरेको प्रहार बारमा लागेर गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो । अन्तिम समय लगातार लुका सकरमाथि दबाब बनाएको विराटनगरले ८९ औं मिनेटमा तेस्रो गोल गरेको थियो ।

मेसुकेले गोल गर्दा विराटनगर ३–० ले अघि बढेको थियो । अतिरिक्त समयमा लुका सकरले विराटनगरका गोलकिपर विट भए पनि गोल गर्न असफल रह्यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेक गुरुङले फाइनल ह्वीसल बज्नु अघि गोल गर्दै विराटनगरलाई ४–० को जित दिलाए ।

आजको खेलमा विराटनगरका सुरज विके म्यान अफ दी म्याच बन्दै नगद ११ हजार प्राप्त गरे । फेयर प्ले अफ द टुर्नामेन्टको उपाधि जावलाखेल युथ क्लबले नगद २५ हजार प्राप्त गरेको छ । यसैगरी सर्वाधिक गोलकर्ताको अवार्ड विराटनगरका अभिषेक गुरुङले हात पारे ।

हरेक खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले गोल पनि गर्दै आएका थिए । आजको फाइनलमा पनि उनले टिमका लागि चौथो गोल गरेका थिए । यसैगरी उत्कृष्ट फरवार्डको उपाधि भने लुका सकर भारतका चल्सले हात पारे ।

उत्कृष्ट डिफेन्डरमा देवेन्द्र तामाङ रहे भने उत्कृष्ट मिडफिल्डरको रुपमा विराटनगरका युता सुजुकी रहे । उत्कृष्ट गोलकिपरको रुपमा विराटनगरका विशाल श्रेष्ठ रहँदा उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरकै सन्तोष न्यौपानेले हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भने विराटनगरका मेसुके ओलाउमो रहे ।

विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैया र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको नगद २५ हजार पुरस्कार भने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी तथा व्यवसायी पारस लुनियाले प्रायोजन गरेका थिए ।

उपाधि जितेको घरेलु टोली विराटनगर सिटी एफसीले २० लाख १५ हजार र उपबिजेता बनेको लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपाधि विजेता टोली तथा खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य