मनोरन्जन slider

स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट

काठमाडौं । स्पाइनी मुभिज प्रालिको आयोजनामा जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र प्रदान गरे ।