चलचित्र ‘फनफनी’ निर्माण हुने



काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ ।

सोमबार आयोजित पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिए । “चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ”, निर्देशक सुनारले भने, “यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।”

यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् ।

“चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ”, अभिनेता अधिकारीले भने । हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेको चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा