स्मिता दाहालको ‘आँखामा गाजल’



काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छन् ।

गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् ।

“अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ”,  स्मिताले भनिन्, “एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।” उनका  ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ गीत चर्चित गीतमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परदेशी छुकछुके रेलैमा’ प्रकाश सपूत र केकी अधिकारीको जोडी

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ

‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ ले कस्तो गर्दैछन् व्यापार ?

  काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक

‘वानर सेना’को विशेष शो

काठमाडौं । असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’वानर सेना’को विशेष शोको

नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने