स्वास्थ्य

खोप लुकाइएको भन्ने आरोप गलतः स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको