कोरोनाको सम्भावित तेस्रो लहरको तयारीाम जुट्न सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको संसदको महिला तथा सामाजिक समितिले कोभिड १९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले आवश्यक भौतिक संरचना एवम् उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रवन्ध गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन् ।

समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने कोभिड १९ विरुद्धको खोपको व्यवस्थापन गर्न, बालमैत्री क्वारेन्टीन बनाउन पनि निर्देशन दिएको छ ।

समितिले बालबालिका सम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरुको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरुको वृत्ति विकासमा देखिएको दुविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

निषेधाज्ञाका कारण बालबालिकाहरु घरभित्रै सिमित भएकाले उनीहरुको मनोसामाजिक अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता औल्याउँदै समितिले डिजिटल संसारमा सक्रिय रहेका बालबालिकाहरुको समग्र विकासमा परेको प्रभाव लगायत विषयमा तथ्यमुलक अध्ययन गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा नेपाली व्यवसायी सुजन कटुवाल

  बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि

सौर्य जहाज दुर्घटना पीडितद्वारा न्याय नपाएको गुनासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । घटनाको