काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ । कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीका हुसेन तलत र युनिश ठकुरीको बलिङ निर्णायक बन्यो । तलतलेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने युनिशले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट हात पारे । नन्दन यादवले २.३ ओभरमा १३ रन दिएर २ विकेट तथा कप्तान सोमपाल कामीले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए ।
१३३ रनको लक्ष्य पछ्याएको जनकपुरको सुरुवात खराब रह्यो । दोस्रो ओभरमै ओपनर त्रितराज दास १ रनमा सोमपालको बलमा आउट भए भने आक्रामक देखिएका मयान यादवलाई कप्तान सोमपालले नै उत्कृष्ट फिल्डिङमार्फत रनआउट गरे । त्यसपछि सम्हालिएर खेलिरहेका अनिल साह १७ बलमा ११ रन बनाएर नन्दन यादवको बलमा आउट भए ।
जनकपुरका लागि बलिङतर्फ कप्तान हरमीत सिंहले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए। यस्तै, राहुल यादवले ४ ओभरमा १५ रन दिएर २ तथा मोइन अलीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारेका थिए ।

प्रतिक्रिया