अजामिलको संदेश



डा. गोविन्दशरण उपाध्याय ।

भागवतको छैठौं स्कन्धका आरम्भमा एउटा कथा छ । त्यो कथा अजामिलको हो । अजामिल सदाचारी ब्राह्मणका सन्तान थिए । उनले ब्रह्मकर्म सिकेका थिए । एक दिन उनले स्वच्छन्द यौनकाण्ड देखे । उनको मनमा त्यस्तै रमाइलो गर्न मन लाग्यो ।उनले आफ्नो कर्तव्य छोडे । त्यसपछि उनी निकै व्यभिचारी बने ।अनन्तः फेरी असल व्यक्तिको सङ्गत भयो । आफ्नो आचरणमा पछुतो भयो । उनले मनभित्र देखि नै पछुतो गरे । फेरि नराम्रो आचरण गरेनन् । उनी आफ्नै विश्वासले सुध्रिए ।

अजामिलको कथा आम अम्वलीहरूको कथा हो । लागुपदार्थको लत होस् वा अन्य देखेर सिक्ने हो । बालबालिकाहरू गलत दूराचारमा पर्छन् । मान्छे दुराचारी बन्छ । मान्छे बलात्कारी बन्छ । मान्छे अपराधी बन्छ । सबै व्यबहार कहींकतैबाट सिकेको हुन्छ । आजकल भने इन्टरनेट, टेलिभिजनआदिबाट पनि यो सबै सिक्न सकिन्छ । आइएन्जिओले तयार परेको सेक्स–एजुकेशनले पनि सिक्ने मौका दिन्छ । सेक्स–व्यक्तिगत स्वतन्त्रता हो भन्नेले स्वतन्त्रताको प्रयोग गर्छन् ।

अजामिलबाट हाम्रो समाजले सिक्नुपर्छ । मान्छेले गल्ती गर्छ । स्वीकार गरेर पश्चाताप गर्ने सुध्रिन्छन् । वास्ता नगर्नेहरूको भविष्य चौपट हुन्छ । हो, आजभोली मान्छेका लागि यमदुत र देवदूत नआउलान् । छोराको नाम नारायण नहोला तर मानसिक रुपमा पश्चाताप गर्दा सुध्रिन सकिन्छ । मुख्यकुरा आफ्ना बालबालिकालाई कुलतबाट जोगाउनु हो । अजामिल पनि किशोरअवस्थामा कुलतमा फँसेका हुन् ।किशोरअवस्था जिज्ञासु हुनुका साथै जिद्दीवाल पनि हुन्छ । अभिभावकहरू सचेत रहनुपर्छ, बालबालिकाको क्रियाकलापमा आवश्यक परे दृढ हस्तक्षेप गर्नुपर्छ ।

लागूऔषध, यौनदुराचार, झूटो बोल्ने बानी, धेरै रमाइलो गर्ने चाहना, आमावुवा वा अभिवावकलाई वास्ता नगर्ने परिपाटी सबै पश्चिमाबाट नेपालीले सिकेका हुन् । पश्चिमाहरूका असल कुराहरू पनि सिक्नुपर्छ पर्छ । कुनै पनि व्यक्ति जन्मजात निर्दोष नै हुन्छ । जन्मजात पापरहित हुन्छ । सातआठ वर्षसम्मका बालबालिकाहरू निर्दोष हुन्छन् । अजामिल पनि निर्दोष थिए ।

उनले गुरुकुलमा असल व्यबहार सिकेका थिए । तर एउटा गलत सङ्गतले उनी “लागुपदार्थका अम्बली, चोर, जथाभावी सेक्सको डिमाण्ड र प्रयोग गर्ने, आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा तथा आफ्ना अभिभावकहरूको आदेश नमान्ने ढीट भए । अनुसन्धानहरूले भन्छन् “बालबालिका र किशोर किशोरीहरू आफुसरहका किशोरकिशोरीहरूको देखासेखी गरेर राम्रो/नराम्रो व्यबहार सिक्छन् । कुलतमा पनि किशोरकिशोरीहरूले साथीको नक्कल गर्ने हो । वास्ता नगर्ने अभिभावकहरू पछुताउनु पर्छ । आइएन्जिओ ब्रान्डमा प्रभावित भएर “आधुनिकता“को नक्कल गर्दा छोराछोरी, श्रीमान्, श्रीमती सधैंका लागि गुम्न सक्छन् । एक पटक “आधुनिकताको अहङ्कारले डसेपछि फर्कन धेरै गाह्रो हुन्छ ।

कहिलेकाहीं समस्याहरू समधान गर्न चाहे पनि आफै सकिन्न । अजामिलको मनको कुनै कुनामा आँफुले गरिरहेको काम गलत छ भन्ने बुझेका थिए । त्यसैले आफ्ना बालबालिकालाई असल शिक्षादीक्षाको प्रवन्ध गरे । उनको छोरो नारायण सदाचारी थियो । सम्भवतः नारायणले निर्धक्कसँग बाबुलाई सदाचारतिर फर्कन आग्रह गर्यो । देवदूत र यमदूतले परामर्शदाताको भूमिका निर्वाह गरे । अजामिलले पनि परामर्शको पालन गरे । त्यसपछि अजामिलले सदाचारी जीवन व्यतीत गरे ।

जसले आफुलाई सदाचारयुक्त जीवन बाँच्ने बाचा गर्छ, त्यही भागवत हो । अजामिल स्वर्ग गए । कुलत, दुराचार, लागूऔषध, रक्सीआदि छोडेर हामीले यही स्वर्गको सुख प्राप्त गर्न सक्छौं । अजामिलबाट एउटा दुर्व्यसनमा नराम्रोगरी फंसेको व्यक्ति पनि नारायण अर्थात् परिवार र सहयोगी अर्थात् देवदूत/यमदूतको सहयोगबाट सुध्रिएर सहज जीवन व्यतीत गर्छ भन्ने संदेश अवश्य सिक्नुपर्छ । अजामिलको संदेशलाई ठीकठीक तवरले बुझ्दा र आचरणमा स्वीकार गर्दा हामी तपाईंको घरपरिवारनै स्वर्ग बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन