असली दर्शनशास्त्र !



डा. गोविन्दशरण उपाध्याय ।
असली दर्शनशास्त्र के हो र कुन हो ? दर्शनशास्त्रका विद्यार्थीहरूले एस्तो प्रश्न कम नै गर्छन् तर जसले गरे पनि प्रश्न त प्रश्न नै हुन् । सबै प्रश्नको उत्तर हुँदैन तर उत्तर नभए पनि प्रश्नचाहिं हुन्छन् । सबैभन्दा बढी महत्व प्रश्नको हुन्छ जसले उत्तर खोज्न, त्यो पनि तर्कसंगत र सकेसम्म “सही“ उत्तर खोज्ने प्रेरणा दिन्छ । प्रश्नकर्ता जे–जस्तो होस् उत्तरदाता चाहिं निकै सावधान र मर्यादित हुनुपर्छ किनभने उत्तरमा एउटा नवीनतम सिद्धान्तको जन्म हुन सक्छ जसले विश्वको चिन्तनलाई रुपान्तरित गर्न सक्छ ।

दर्शनशास्त्र के हो ? यो प्रश्न निकै सरल र गहन छ । यसमा कुनै प्रकारको छलछाम छैन । छलछाम नै भए पनि उत्तरदाताले विवेकशील उत्तर दिन सक्छ । विश्वका प्राचीनकालदेखि नवीनतम दार्शनिक चिन्तनहरूको इतिहास र विश्लेषण गर्न सक्छ । दर्शनशास्त्र के हो ? यो उत्तर खोज्ने क्रममा अनेकौं दार्शनिक सिद्धान्तहरूको सम्पादन भएको छ । भाषा, भूगोल, बुझाई तथा संस्कृतिअनुसार विश्वका हरेक कुनामा आ–आफ्नो तरिकाले प्रश्न खोजिएको छ । आजको मितिमा पनि “दर्शनशास्त्र के हो ? भन्ने प्रश्न लोकप्रिय नै छ ।

हजारौं पुस्तक लेखिएका छन् । अनेकौं सिद्धान्त रचिएका छन् । अनेकौं मान्छेले फरकफरक सिद्धान्तहरूलाई सत्य मानेर तेही आधारमा जीवन यापन गरिरहेका छन् । एउटा सिद्धान्तबाट उठेर हेर्दा अर्को सिद्धान्त चरमविरोधाभाषी देखिए÷बुझिए पनि मान्छेहरूले आफ्नो बुझाई र अभिरुचिअनुसार अनुशरण गरिनै रहेका छन् । यही भिन्नताका कारण दर्शनशास्त्र के हो ? भन्ने प्रश्नको उत्तर उत्तिकै नवीन र सम्भावनायुक्त छ । आज पनि यो प्रश्न बोकेर जिज्ञासुले नवीनतम उत्तर प्राप्त गरेर विश्वलाई अझैं सुखी वा दुःखी बनाउन सक्ने सम्भावना जीवित नै छ ।

एउटा शब्दमा भन्नुपर्दा असली दर्शनशास्त्रको प्रश्न सधैं जीवन्त रहेर सत्यको खोजका तम्तयार हुन्छ ।

दोश्रो प्रश्न कि असली दर्शनशास्त्र कुन् हो ? को उत्तर सजिलो छैन । दर्शनशास्त्रलाई बुझ्ने विद्यार्थीले एस्तो प्रश्न गर्दैन । यदि कसैले एउटा निश्चित दार्शनिक “वाद“ अन्तिम सत्य मानिसकेको छ भने सम्बन्धित व्यक्तिलाई उसले अनुकरण वा अनुसरण गर्दै आएको “वाद“ नै अन्तिम सत्य हुन्छ । धेरैजसो “असली दर्शन कुन् हो ? भनेर प्रश्न गर्नेहरूको बौद्धिक स्वतन्त्रता उसले अनुशरण गरेको दार्शनिक वादले रुग्ण बनाइसकेको हुन्छ । उसका लागि त्यही दार्शनिक “वाद“ असली हो जसको उ आफै अनुयायी बनेको छ । अर्थात्, उसलाई आफ्नो पर अरूका प्रश्नको उत्तर थाहा छ ।

उदाहरण–१ मैले एकजनासंग सोधें – दर्शनशास्त्र पढ्न चाहन्छु तर कुन् पढौं थाहा छैन । उहाँले भन्नुभयो “विशिष्टताद्वैत“ वाहेक अन्य दर्शनशास्त्रको कुनै अर्थ छैन किनभने अन्यले सत्यको उद्घाटन गर्न सक्दैनन् । यदि तिमी दर्शनशास्त्र पढ्न चाहन्छौं भने विशिष्टताद्वैतको विकल्प छैन । अन्यलाई सही अर्थमा दर्शनशास्त्र भन्न नै मिल्दैन । हो, उनको लागि जीवनको अन्तिम सत्य यही हो तर मेरा लागि पुगेन । मेरो जिज्ञासाले उहाँले दिएको उत्तर भन्दा बढी अपेक्षा गरेको थियो ।

उदाहरण – २ मार्क्सवादीहरूका लागि मार्क्सले “पूँजी“को स्वरूप प्रकट गर्न प्रतिपादन गरेको “वर्गीय द्वन्द्व“ नै सबैभन्दा असली “द्वन्दात्मक भौतिकवाद“ हो । प्राचीनदेखि सुदुर भविष्यसम्म यसले “विज्ञान“लाई मार्गदर्शन गरिनै रहने छ । द्वन्दात्मक भौतिकवादको अर्को विकल्प हुनै सक्दैन । मार्क्सवादीहरूले बहुधा प्रयोग गर्ने “प्रगतिशील“ शब्द नै द्वन्दात्मक भौतिकवादको पूर्वाग्रहमा परेर दूषित भएको छ । जसरी यहुदीहरू इसाईको, इसाईहरू मुस्लिमको र आफुभिन्न अरूको धार्मिक अस्तित्वलाई अस्वीकार गर्छन् त्यसरी नै प्रगतिशीलहरू अन्य दार्शनिक सिद्धान्तहरूलाई अस्वीकार गर्छन् वा द्वन्दात्मक व्यबस्थाको नयाँ अवस्था भनेर ढिप्पी गर्छन् ।

प्रकृतिले नै मान्छेको भाग्यमा तार्किकता, विवेक तथा बौद्धिकता लेखेर पठाएको छ । मान्छेको प्रगतिलाई कसैले रोक्न सक्दैन । अहिलेको विकास त केवल मानिसको बुद्धि र तर्कले गर्न सक्ने सानो चमत्कारको एउटा अंश हो । दुई लाख वर्षदेखि प्रगतिको बाटो खोजिरहेको मान्छेको तर्कले बाटो पहिल्याएको छ । उप्रान्तका प्रगतिको बाटोको सानो चौपारीचाहिं १०० वर्षभित्र १००० वर्षको आयु प्राप्त भएपछि आरम्भ हुनेछ । त्यसपछि यो पृथ्वीभन्दा वाहिरका जीवनहरूका लागि दर्शन र सिद्धान्तहरूको अभिनिर्माण हुनेछ । मान्छेहरूका लागि जन्म, मृत्यु, वृद्धावस्था र रोग कुनै समस्या रहने छैन ।

दर्शनशास्त्र विगतको इतिहासबाट प्राप्त भविष्यको सपना पनि हो तर यो एस्तो सपनाको मात्र कुरा गर्छ जुन् भविष्यका मान्छेहरूले प्राप्त गर्न आवश्यक छ । आजको स्वर्ग, नर्क, पापपुण्य, आत्मा–परमात्माजस्ता चिन्तनहरू निकै रुपान्तरित हुनेछन् । सन् १८६५ सम्म विश्वका मान्छेहरूको आयु सरदार ३५ वर्षमात्र थियो । आज सन् २०२२ म विश्वका मान्छेहरूको आयु ७३ वर्ष पुगेको छ भने सन् २१२२ मा विश्वको हरेक मान्छे ढुक्कसंग १००० (एकहजार बर्ष) बाच्ने छ । ३५ वर्षको सरदार आयु भएको मान्छेको बुद्धिले विगत ३ हजार वर्षमा निर्माण गरेको “प्रगति“ले मान्छे वर्तमानमा आएको छ भने १००० वर्ष सरदार उमेर भएको मान्छेले देख्ने दर्शन नितान्त फरक हुने छ । जसरी १०० वर्ष अगाडिको मान्छेको लागि हालको टेलिभिजन, मोबाइल, कम्प्युटर अचम्मका विषय हुन् तेसरी नै १०० वर्षपछि अहिलेका दार्शनिक विषयहरू इतिहासका अविकसित विषय ठहरिने छन् ।

उपरोक्त दुई पैरग्राफमा जे पढ्नुभयो, यो निरपेक्ष दर्शनशास्त्र हो । यदि तपाईंका मनमा प्रश्न आउँछन् भने पनि प्रश्न गर्नु र उत्तर खोज्नु मान्छेको स्वभाव हो । यदि तपाईं उपरोक्त तत्थ्य अर्धसत्य हो वा नास्तिकताको प्रलाप हो भन्दै आफूभित्र रहेको पूर्वाग्रहसंग तुलना गर्दै हुनुहुन्छ भने तपाईं कुन् असली दर्शन हो भन्ने प्रश्नको उत्तर होइन आफ्नो विश्वासभित्र रहेको पूर्वाग्रहको दासता स्वीकार गर्दै हुनुहुन्छ । मैले यसलाई स्वाभाविक ठान्छु किनभने म र तपाईंजस्ता अनेकौं मान्छेहरू २१२२ भोग्न जीवित रहने सम्भावना निकै न्यून छ ।

दर्शनशास्त्र के हो ? यो प्रश्न सजिलैसँग बुझ्न सकिन्छ तर कुन् असली दर्शनशास्त्र हो ? भन्ने प्रश्नचाहिं त्यति सजिलो छैन तर धेरैजसो संस्कृतिहरू यसै प्रश्नको उत्तरमा अडिएका छन् । असली दर्शनशास्त्र त्यही हो जसले तपाईंको जीवनलाई परिचय दिएको छ, तपाईंको परिचय निर्माण गरेको छ । आफ्नो सत्यको अनुशरण गरिरहँदा अर्काको सत्यलाई अस्वीकार गर्ने पूर्वाग्रह त्याग्न सके दर्शनशास्त्रको भविष्य अझैं तेजस्वी हुने छ र हाम्रो बौद्धिक तथा विवेक गतिशील रूपमा सत्यको उद्घाटनतिर अभिप्रेरित हुनेछ ।
स्वस्तिअस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म

एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । काठमाडौंको कीर्तिपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार राति १०

डीआईजी गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा