दुर्योधन र द्रोपदीको चीरहरण



डा. गोविन्दशरण उपाध्याय ।
महाभारतको युद्धको प्रमुखकारण इर्ष्या थियो । दुर्योधनले पाण्डवहरूको सन्त स्वभाव र सिकाइमा सधैं सफल हुने देखेर डाहा गर्यो ्र अरू कुनै उपायले पाण्डवहरूको हत्या गर्न नसकेपछि युधिष्ठिरलाई प्रयोग गरेर (जुवामा) सबै सम्पति कब्जा गर्यो, द्रोपदी (आफ्नै भाउजु)लाई सबै सभासदका अगाडी नाङ्गो बनाउने प्रयत्न गर्यो । अन्ततः पाण्डवहरूलाई बनवास पठाएपछि पनि दुर्योधनको इर्ष्यालु स्वभाव समाप्त भएन ।बनवासी पाण्डवहरूको चियोचर्चो गर्ने र एक पटक त हत्याको नै प्रयोग गर्यो ।

अन्तिममा मार्ने वखतमा पनि श्रीकृष्ण. पाण्डव र आफ्ना बाबु धृतराष्ट्रलाई दोष दिएर मर्यो । कृष्णले सम्झाउँदा एकपटक उसले भनेको थियो “कृष्ण ! मैले धर्म र अधर्मको भेद राम्ररी जानेको छु तर के गर्नु मेरो स्वभावले धर्मतिर जाने बाटो रोक्छ, मैले चाहेर पनि आफुलाई अधर्मबाट रोक्न सक्दिन ।

नेपाली राजनीतिले दुर्योधनको प्रतिनिधित्व गर्छ । अन्धा धृतराष्ट्रले आफ्ना दमित इच्छाहरू पूरा गर्न दुर्योधनलाई प्रयोग गरिरहेका थिए । उनी मुखबाट दुर्योधनलाई राम्रो बाटो हिड्न र पाण्डवप्रति सदाचार प्रकट गर्न आदेश दिन्थे तर आन्तरिक रूपमा दुर्योधनको हठी व्यबहार निकै मन पर्थ्यो । धृतराष्ट्रको दमित इच्छा अनुरुप नै दुर्योधनले काम गरेको हो भन्ने प्रमाणचाहिं भीमको ढुङ्गाको मुर्तिलाई रीसले चकनाचुर परेबाट प्रकट हुन्छ ।

यो देशमा राजनीतिज्ञहरू दुर्योधन सरह देखिन्छन् । यी राजनैतिक दलहरूले कुन् र कहाँको धृतराष्ट्रका दमित इच्छाहरू पूरा गर्ने अभियानमा लागि परेका छन् भन्ने कुरा खोज्ने काम पाठकहरूको हो । पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इर्ष्यालुको स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ । अदृष्य धृतराष्ट्रहरूकादमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन् । मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुशी पार्न कसर छोड्ने छैनन् ।
विश्वरङ्ग मन्चमा द्रोपदी (नेपाल)लाई नांगेझार वनाउन कुनै कसर छोडेका छैनन् । धर्म, संस्कृति, मौलिकता, गौरवमय परम्परा तथा सभ्यताउपर सीधा प्रहार गरिरहेका छन् । सबैभन्दा खेदजनक कुरा के हो भने सभासदका रूपमा रहेका नेपाली जनताबहुमतको भोट खसालेर समेत निर्वल बनेर धृतराष्ट्रहरूलाई समर्थन गरिरहेको छ ।

आजभोली नेपाली राजनैतिक धरातलमा जुन क्रियाकलापहरू घटीत हुँदैछन्, ती सबैले नेपाल (द्रोपदी)लाई नाङ्गो पार्ने काम नै हुन् । यो कुरा बुझ्नुपर्छ । हो, आफ्नी प्रिय पत्नीलाई दाउँमा लगाउने युधिस्थिर गतार्थ भैसकेका छन् । दुशासनको छाति चिरेर रगत खाने समय नै होइन र अर्जुनहरूले द्रोपदिको चीरहरण हुँदा टुलुटुलु हेरेर बस्नुको पनि कुनै औचित्य छैन । हामीले पुँजीवाद र साम्यवादको ठिमाहा सन्तान बनेका दुर्योधनलाई परास्त गर्ने “गदा“ प्राप्त गरिसकेका छौँ । त्यो गदा के हो र तेसको प्रयोग कसरी गर्ने हो भन्ने पनि सिकाएका छौँ । लडाई चलिरहेका छ, दुर्योधनहरूको अन्त्य हुनैपर्छ र द्रोपदीको चीरहरण रोकिनुपर्छ । अति इर्ष्या र अति लोभको अन्त्य नभएसम्म द्रोपदीको चीरहरण रोकिन्न । यो रोक्ने बौद्धिक हतियार हामीसंग छ, खोजौं, प्रयोग गरौँ र परास्त गरौँ ।
–स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद‍्मा बोल्ने अनुमति पाउँ भन्दै सभामुखलाई गृहमन्त्री दिए निवेदन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट दायर, विश्वासको मत असंवैधानिक भएको जिकिर

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता