ठूला दाइहरूले यो पढ्नु पर्दैन ?



डा. गोविन्दशरण उपाध्याय ।

समय : १०ः ४० बजे विहान
एकदिन विहान १३ वर्षीय छोरा शुभांग र म सेन्ट जेभियरमा आयोजित क्यूब प्रतियोगिताका लागि त्यतै जाँदै थियौं । ऊ क्युव प्रतियोगिताको प्रतियोगी थियो । बाटोमा देशको पहिलो कलेज नपर्ने कुरै भएन । दूर्भाग्यवस आजनै आन्दोलन रहेछ ।
छोरा र म सालिक नेर जाममा पर्यौं । सबैभन्दा अगाडि परेको हुँदा कलेजतिरको बाटोका दृश्यहरू प्रष्ट देखिन्थे– हानाहान, भागाभाग, कुटाकुट आदिआदि । उसले पनि आफ्नै आँखाले देख्यौं ।

एकैछिनपछि बाटो खुल्यौ । आगाडि बढ्दा बाटोमा जताततै इँटा छरिएका थिए । प्रहरीहरू गाडीमा लोड हुँदैथिए ।
यी सबै कुरा छोराले पहिलोपटक, उसका लागि यी सबै सातौं आश्चर्यका विषय थिए ।उसले कक्षा १ देखिनै यो नाम चलेको कलेजका विषयमा आफ्नो पाठ्यपुस्तकमा पढेको थियो ।

ऊ यो बाटो धेरै पटक हिंडेको थियो । मलाई थाहा थियो अब प्रश्नहरूको झरी लाग्ने छ । अनि, सुरू भयो –
कलेज पढ्ने ठूला दाइदिदीहरूले पनि यसरी ढुङ्गा हान्न हुन्छ त ?
हुँदैन
अनि, किन हानेका त ?
प्रधानमन्त्रीले यसै कलेजमा पढेका होइनन् त ?
हो,
’प्रधानमन्त्रीले पनि यसैगरी ढुङ्गा हानेका होलान् ?
होइन
हाम्रा स्कूलमा यहाँ पढेका सांसद आथे, उनले पनि यसरी नै गाडीमा ढुङ्गा हानेका थिए र ?
थाहा छैन ।
अनि, यी ढुङ्गाले लागेर फुटेका गाडी मरम्मत र मान्छेको उपचार कसले गर्छ ?
प्रहरीले अस्पताल लैजान्छ र अनि, गाडीको मर्मत गराउँछ होला ।
यहाँका विद्यार्थीलाई प्रहरीको/सरहरूको डर लाग्दैन ?
लाग्छ नि
हाम्रो स्कूलमा त यस्तो गर्न पाइन्न । ट्राफिक नियम पालन गर्नुपर्छ, सार्वजनिक सम्पतिको रक्षा गर्नुपर्छ, सडकबाटो सफा गर्नुपर्छ भनेर पढ्छौं । ठूला दाइहरूले यो पढ्नु पर्दैन ?
पर्छ
कलेजका दाईदिदीले नियम मान्नु पर्दैन र ?
पर्छ
अनि, किन यसरी बाटो छेकेर ढुङ्गा हानेका त ?
(म चूप) अनि, म ठूलो भएपछि कलेज जान्छु तर मलाईचाहिं यसरी ढुङ्गा हानेको त मन पर्दैन । मैले यहाँ पढ्दिन ।
किन नि ?
बाटोमा ढुङ्गा हान्ने ठाउँमा पढ्नु छैन । यस्तो ठाउँमा प्रधानमन्त्रीले पढे भन्ने पत्याउन्न …
…………
यत्तिकैमा हामी सेन्ट सेभियर पुगिसकेका थियौं । मसँग उसका प्रश्नहरूको उत्तर थिए तर दिन सक्दैनथें अथवा म कायर छु, उसँग वास्तविक तत्थ्य भन्न सक्दिन ।मैले उपरोक्त प्रश्नहरूको दिगो उत्तर दिने मान्छे खोजिरहेको छु । यदि तपाईंले उत्तरदाता चिन्नुहुन्छ भने आभार व्यक्त गर्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै