कसरी मारिन् लिज स्ट्रसले राजनीतिमा फड्को ?



नारायण गाउँले ।

भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि शुनाकलाई पछि पार्दै लिज स्ट्रस सत्ताधारी बेलायती कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएकी छन् । पार्टी नेता नै प्रधानमन्त्री बन्ने हुनाले उनी नयाँ प्रधानमन्त्री बन्नेछिन् । पार्टीको सर्वोच्च नेतृत्वमा चुनिन नसके पनि युवा नेता ऋषिले झन्डै ४३% पार्टी सदस्यको मत पाए । नेपालको जस्तो निर्वाचन प्रक्रिया भएको भए ऋषि शुनाक सजिलै प्रधानमन्त्री छनिने थिए । नेपालमा पार्टी प्रमुख नभए पनि संसदीय दलको नेता भए पुग्छ । शुनाकले पनि पार्टीका सांसदहरू बीच भएको स्पर्धामा निरन्तर लिज स्ट्रस भन्दा धेरै मत पाएका थिए ।
पार्टीको नयाँ नेतृत्व चुन्ने अभ्यास पनि गज्जपको छ । पार्टी नेता हुन सांसद हुनै पर्छ । निश्चित सांसदको समर्थन भएपछि नेतृत्वको स्पर्धामा उठ्न पाइन्छ । दुई या दुई भन्दा बढ़ीले दाबेदारी गरेमा ती बीच पार्टी सांसदले भोट गर्छन् । अन्तिम दुई प्रतिष्पर्धी नबचुन्जेल विभिन्न चरणमा भोट हुन्छ र क्रमशः उम्मेदवार बाहिरिन्छन् । सांसदहरूले चुनेर दिएका अन्तिम दुईबीच पार्टीका आम सदस्यले मतदान गर्छन् र त्यसमा बढ़ी मत ल्याउने व्यक्ति नेता हुन्छ ।

सामान्यतया कन्जरभेटिभ पार्टीलाई अनुदारवादी मानिन्छ । तर, अचम्म के रह्यो भने यो पार्टीका अधिकांश सांसदले प्रतिभाशाली मानिएका ऋषि शुनाकलाई भोट दिए । अन्य स्थापित र पुराना नेतालाई आउट गर्दै ऋषिलाई अन्तिम दुईमा छनोट गरे । पार्टीका ४३% सदस्यले सम्मानजनक मत दिए । पुरानो र शक्तिशाली पार्टिमा ६-७ वर्षमैं एउटा प्रवासी मूलको व्यक्ति नेतृत्वको होड़मा उभिनु आफैमा रोचक रह्यो ।
युवा र नयाँ भए पनि उनको योग्यता र क्षमताका कारण ऋषि शुनाक अन्य सिनियर नेतालाई पछि पार्दै बेलायतको अर्थमन्त्री बनेका थिए । विश्वकै ठूला मध्येको एक अर्थतन्त्र हाँक्न पाउनु र नेतृत्वको होड़मा बलियो दाबेदार बनेर खड़ा हुनु सानो उपलब्धि होइन । संयोग नै भन्नुपर्छ, अहिलेका बेलायती अर्थमन्त्री समेत आप्रवासी मूलका नै हुन् । इराकबाट शरणार्थीका रूपमा भित्रिएका नदीम जहावी अहिले बेलायती अर्थमन्त्री छन् । शुनाकअघि पनि पाकिस्तानी मूलका व्यक्ति अर्थमन्त्री थिए ।

धेरैले विदेशी मूलको भएकाले ऋषि शुनाकले पराजय बेहोरेको तर्क गरेका छन् । यसमा सत्यको मात्रा होला पनि, तर उनले राजनीतिमा छोटो समयमैं पाएको ठूलो अवसर, पार्टिका बहुमत सांसदको खुला समर्थन र पार्टी सदस्यकै पनि ४२% भन्दा बढ़ी मतलाई पनि कम आँक्न मिल्दैन । कुनै बेला महिलाले भोट हाल्न समेत नपाउने बेलायतमा लिज स्ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनलाई बेलायतकी महारानीले आफ्नो कार्यकालको १५औं प्रधानमन्त्रीका रूपमा नियुक्त गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’ मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको छ ।  घटना

इरानमा पप गायक टाटालुलाई तीनवर्षको जेल सजाय

  इरानको एक अदालतले टाटालु पनि भनेर चिनिने लोकप्रिय गायक एवं कलाकार अमिर

भारत प्रशाशित काश्मिरमा विद्रोहीद्वारा भाजपाका नेताको हत्या

भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली

छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म