अख्तियारमा हिम्मतवालाहरुको उपस्थिति थियो भने अधिकांश नेताहरु जेलमा हुन्थे



शारदाप्रसाद त्रिताल ।
करिब तीन दशकदेखि देशले भोग्दै आएका नेताहरुको कारण देश कठिन अवस्थाबाट गुज्रिरहेकोछ । उहाँहरुमध्ये अधिकांशको लक्ष्य परिवार‚ आफन्त‚ पार्टीभित्रका गुटका सदस्य र अन्धभक्त झोलेहरुको लागि काम गर्नु र राष्ट्रिय सम्पत्ति जसरी भए पनि लुट्नु हो भन्ने पुष्टि भइसकेको छ । उहाँहरुका हितैसी भनेका मुख्यत भ्रष्टाचारी‚ दुराचारी‚ माफिया‚ विचौलिया‚ डन‚ तस्कर आदि हुन् भन्ने पनि पुष्टि भइसकेको छ । यदि अख्तियारमा हिम्मतवालाहरुको उपस्थिति थियो भने अहिले उहाँहरु मध्ये अधिकांश नेताहरु जेलमा हुनुहुन्थ्यो वा राजनीतिबाट बाहिरी सक्नु भएको हुन्थ्यो ।

अनेकौं घटनाले पुष्टि गरिसकेको छ कि यस्ता नेताहरु राजनीति र शासकीय संयन्त्रको निर्णायक पदमा रहिरहेमा देशले ठूलो दुर्घटना व्यहोर्नु पर्ने अवस्था आइपर्ने निश्चित छ ।
यस्ता नेताहरुमा–
१ प्रधानमन्त्री भइसकेकाहरु
२ उपप्रधानमन्त्री भइसकेकाहरु
३ सभामुख भइसकेकाहरु
४ कम्तिमा दुईपटक फुल मन्त्री भइसकेकाहरु
५ अन्य ?
त्यसैले‚
आगामी निर्वाचनमा यस्ता नेताहरु उम्मेद्वार भएमा उहाँहरुलाई हराएर देशको रक्षा गरौं । आआफ्नो ठाउँबाट बहस चलाएर देशका यस्ता बोझहरुलाई बिसाउन तर्फ लागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ