यसकारण काङ्ग्रेस एक्लै चुनाव लड्नु पर्दछ



केशवप्रसाद भट्टराई ।
१. काङ्ग्रेस एक्लै चुनाव लड्दा सोलोढोलो जित्छ भनेर गठबन्धनमा विमति जनाएको होइन ।
थाहा छ हार पनि हुन्छ । प्रजातन्त्रमा विश्वास गर्नेले हारलाई सहर्ष स्वीकार गर्दछ ।

२. जित हार आफ्नो ठाउँमा हुन्छ तर चुनावमा आफ्नै उम्मेदवार हुँदा आफ्ना विचार, मूल्य र विश्वासलाई आम जनतामाझ लैजान सकिन्छ, संगठन क्रियाशील हुन्छ, पार्टीमा उर्जा भरिन्छ,
युवाहरूमा नेतृत्व क्षमता विकास हुन्छ । त्यो वर्तमान र भविष्यकोलागि पार्टीले गर्ने राजनीतिक लगानी पनि हो ।

३. काङ्ग्रेस दुधले नुहाएको छ भन्न खोजेको होइन । काङ्ग्रेसमा अभाव छन् , विकृति छन् । काङ्ग्रेसकै कारण पनि नेपाली राजनीतिमा विकार र अभाव भित्रिएका छन् । तर त्यसका बाबजूद काङ्ग्रेसका लागि उसका मतदाताले दिने हरेक मत वलियो राष्ट्र र प्रजातन्त्रकोलागि गरिने लगानी हो । सन्तुलित र संयमित परराष्ट्र नीति र मुलुकको समानुपातिक विकासको लक्षप्राप्तिको बाटोकोलागि गरिने लगानी हो । त्यसैले काङ्ग्रेसप्रति प्रतिवद्ध एउटा एउटा मतको पनि सम्मान र संरक्षण गर्न काङ्ग्रेस एक्लै लड़नुपर्दछ । झूठ,भ्रम, घृणा, विद्वेष, हिँसा, आतंक, आवेग र उत्तेजनाको राजनीति विरुद्धको आवाजहरूलाई जोड्न पनि उसले एक्लै लड्ने हिम्मत गर्नु पर्दछ । राजनीतिलाई मुलुकप्रति जिम्मेवार बनाउन पनि यसो हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य उपकरण खरिदमा मधेस प्रदेशमा करोडौं अनियमितता, १४ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा विशाल पण्डित, इमानारायण श्रेष्ठसहित

दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका

टिकटक बनाउन बोलाएर रौतहटमा यसरी भयो बालकको हत्या(भिडियो)

रौतहट । रौटहटमा टिकटक बनाउन बोलाएर एक बालकको गोली हानी हत्या भएको छ

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१औँ बैठकले