दाम्पत्यः वैदिक मौलिक जीवन पद्धति



डा. गोविन्दशरण उपाध्याय ।
हिन्दू, जैन तथा बौद्ध धर्मका धार्मिक तथा सांस्कृतिक कथाहरूमा स्त्री तथा पुरुषका विच विधानपूर्वक विवाह भएपछि जीवनको वास्तविक जीवनयात्रा आरम्भ हुन्छ । सनात्कुमारआदि चार ऋषि तथा नारद वाहेक सबैजसो वैदिक ऋषिहरू, वैदिक देवताहरू विवाहित नै छन् ।विवाहित सबैजसो देवता र ऋषिहरूको आफ्नै गृहस्थ्य छ र गृहस्थी जीवनमा रहेर दाम्पत्य जीवन निर्वाह गर्छन् । सामान्य मानिसहरूझैं उनीहरूका विचमा धेरैजसो प्रेमपूर्ण सम्बन्ध रहेको बुझ्न सकिन्छ भने कहिलेकाहीं पतिपत्नीका बिचमा सामान्य तथा गम्भीर प्रकृतिका विवादहरू पनि देखिन्छन् ।

ब्रह्मा, विष्णु, शिव, श्रीकृष्ण, श्रीराम, सीता, रुक्मणी, इन्द्रजस्ता सबै देवीदेवताहरू विवाहित छन् । वशिष्ठ–अरुन्धती, भरद्वाज, अत्रि–अनसूयाआदि ऋषिऋषिकाहरू पनि विवाहित नै छन् । हिरण्याक्ष, हिरण्यकशिपु, रावण, कुम्भकर्णजस्ता असुरहरू पनि विवाहित नै छन् भने बायु, अग्नी, सूर्य,चन्द्र, वरुणजस्ता प्राकृतिक देवताहरू पनि विवाहित छन् र पतिपत्नी मिलेर गृहस्थी धर्मको पालाना गर्छन् भने मानिसजातका पहिलो पूर्खा मनु पनि दाम्पत्य जीवनको पालना गर्छन् ।

मलसमग्र मानव–समाजको पालन गृहस्थहरूले गर्छन् भन्ने कथन वैदिकसाहित्यहरूमा राइछाई छन् र विवाहेतर दाम्पत्यको परिकल्पनासम्म गरिएको छैन । यसरी हेर्दा, वैदिक संस्कृति र यस संस्कृतिको धारामा विकसित भएका अन्य सम्प्रदायहरूले समेत विवाहमा आधारित दाम्पत्यको महत्वलाई स्वीकार गरेका छन् । पतिपत्नी, दाम्पत्य, लोग्नेस्वास्नीको सम्बन्ध विवाह संस्कारले सुनिश्चित गर्ने र विवाह आफैमा एउटा वैदिक यज्ञ भएकोले जीवनभरिका लागि हुन्छ ।

सम्पूर्ण वैदिक दाम्पत्यको आरम्भ र विकासका क्रममा पतिपत्नीका बीच “पारचुके“को कुनै परिकल्पना पाइन्न । विवाहका क्रममा गरिएका ७ वटा प्रतिज्ञा पालन गर्ने लोग्नेस्वास्नीका वीचमा पारचुकेको कुनै पनि सम्भावना नरहने हुँदा ऋषिहरूले विवाह–विच्च्छेदको व्यबस्था नगरेका हुन् । विवाह संस्कारले दुई विवाहका लागि प्रस्तुत भएका जोडीलाई “यज्ञकर्म“का माध्यमबाट एकअर्कालाई आधाशरीरका रुपमा स्थापित गरिदिएपछि पारचुकेको कुनै सम्भावना नै रहन्न । आफ्नो आधाशरीर कसैले पनि त्याग्न, छोड्न वा अस्वीकार गर्न मिल्दैन । पश्चिमेली दृष्टिकोणले “पारचुके“को स्वतन्त्रता नहुनुलाई वैदिक संस्कृतिको दोषका रूपमा व्याख्या गरिन्छ र पारचुकेबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न “परामर्श“को वकालत गरिन्छ ।

पश्चिम होस् वा पूर्व पतिपत्नी जहाँ पनि छन् । मिलेर दाम्पत्य जीवन यापन गर्छन्, एकआपसको विश्वास र श्रद्धामा दाम्पत्य चलिरहेको हुन्छ । फरक उत्ति हो कि भारतवर्षमा पारचुकेका सम्वन्धमा विचार गरिन्न तर पश्चिममा (मुस्लिम, इसाई तथा नास्तिक समाजमा) पारचुकेको तलवार चौवीसै घन्टा झुण्डिरहेको हुन्छ ्र कुन वखत, कुन कारणले र उमेरको कुन क्षणमा दाम्पत्य जीवन विग्रिएर परिवार भाँडिने हो भन्ने थाहा हुँदैन । पार्टनरसिप समाप्त दुई जनाको हुन्छ तर निर्दोष छोराछोरी र परिवार पारचुकेले दिने दुःखको भारी बोक्छ । अधिकार ठानेर पारचुकेको बाटोमा जानेहरूको निजी मानसिक, भौतिक तथा सामाजिक तनावको कुरा नै नगरौं ?

पश्चिमा समाजमा विवाह एकप्रकारको ब्युजिनेश सम्झौता हो । बाइबलमा जिससले यो पार्टनरसिपलाई परिवर्तन गरेर “दाम्पत्य“मा रुपान्तरित गर्न चाहे तर सफल भएनन् । मुस्लिमहरू पनि पार्टनरसिपकै बाटोमा लागे र एउटा पुरुषका लागि ४ वटा महिला तोकिदिए तर विवाहलाई जीवनभरी चल्न सक्ने प्रतिमान तयार पार्न सकेनन् । यसको मूल तथा अन्तिम सैद्धान्तिक कारण उनीहरूको “एकल“ ईश्वरको चिन्तन हो । इसाई तथा मुस्लिमहरूको ईश्वर एकल छ । त्यो ईश्वरसंग गृहस्थीको कुनै अनुभव छैन । गृहस्थीको अनुभव नभएका व्यक्तिहरू त मानसिक रूपमा जटील र कठोर हुन्छन् भने सधैं एकल जीवन व्यतीत गरिरहेको ईश्वर र उसका उपासकहरूको दाम्पत्य जीवन प्रभावित हुनेनै भयो । एउटा कुरा पक्का हो, कागजी पार्टनरसिपले नाताहरू बलियो हुँदैनन्, मनभित्र प्रेम भएपछि कागजको कुनै आवश्यकता नै रहन्न ।

रावण महान् विद्वान र अविजित योद्धा थियो । रामसँग युद्ध निश्चय भएपछि रावणको पत्नीले धेरै पटक युद्धको विकल्प खोज्न सल्लाह दिइन् तर रावणले अस्वीकार गर्यो तर युद्धमा रावणको प्राण त्यागेपछि पनि रावणकी श्रीमतीले रावणको त्याग गरिनन् । यदि यही कथा पश्चिममा हुन्थ्यो भने मन्दोदरीले रावणलाई पारचुके दिएर सम्भवतः विभिषण वा रामका कुनै सेनापतिसंग विवाह गरेर रावणसंग प्रतिशोध लिने थिइन् । अथवा रामसंग लडाई गर्न अवरोध गरेको भन्दै रावणले मन्दोदरीलाई मारिदिन्थ्यो अथवा पारचुके दिएर जेल पठाउँथ्यो ! श्रद्धा र विश्वासमा टिकेको, विकसित भएको दाम्पत्यलाई केवल अधिकारका आँखाले पढ्दा दुर्घटना हुन्छ नै ।

दाम्पत्य जीवन सुखी हुनका लागि पतिपत्नीका विचमा आपसी विश्वास र श्रद्धा बलियो हुनुपर्छ । पूर्व होस् वा पश्चिम, हिन्दू होस् वा मुस्लिम वा इसाई अथवा अधार्मिक सबैले स्थायी तथा प्रेमपूर्ण दाम्पत्य जीवन चाहन्छौं । जसरी धनसम्पति प्राप्त गर्न अर्थका नियमहरू, स्वास्थ्य जीवनका लागि स्वस्थाय्का नियमहरूको पालना गरिन्छ, तेसैगरी सुखी र सरल दाम्पत्य जीवनका लागि शारीरिक, मानसिक तथा आध्यात्मिक नियमहरूको पालन गर्नुपर्छ । दम्पति खुशी हुँदा विश्व हाँस्छ, दम्पति दुखी हुँदा विश्व रून्छ ।
हामी सबैको दाम्पत्य जीवन सरल, सहज र अनुकरण योग्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ