मगन्ते



डा. गोविन्दशरण उपाध्याय ।

(१) रामलालले दु:खजिलो गरेर आफ्नो छोरीलाई वी.ए. सम्म पढाए । उनको वंशमा यतिधेरै पढ्ने उनकी छोरीमात्र थिइन् ।

(२) छोरीको विहेको कुरा चल्यो । यो स्वाभाविक थियो रमा चौवीस वर्ष पुगेर पच्चीस लाग्दै थिइन् । उनी हक्की तर आज्ञाकारी थिइन् । त्यसैले वुवाआमाले छानेको केटालाई नै पति बनाउने उनको अठोट थियो ।

(३) सबै आमाबुवाको इच्छा छोरीको राम्रो ठाउँमा विवाह होस् भन्ने हुन्छ नै । कुरा चल्न थाल्यो । बी,ए. एम.ए तथा इन्जिनियर केटाहरूको कुरा आयो ।

(४) उनीले आफ्नो एकमात्र छोरी र छोरालाई आफ्नो सम्पतिको समान हक दिनुपर्छ भन्ने पक्षधर थिए त्यसैले छोरीको नाममा एककट्ठा जग्गा पास गरिदिएका थिए भने छोराको नाममा एक कट्ठा र आफ्नो नाममा दूई कट्ठा राखेका थिए । यसमा छोरा रमेशको पनि साथ थियो ।

(५) उनी विहेमा दाइजो दिने र लिने पक्षमा थिएनन् । धेरै केटाहरूको कुरा आयो तर दाइजोका कारणले कुरा मिलेन । वि.ए. पासले मोटरसाइकल र दूईलाख नगद, एम.ए. पासले चारलाख नगद र मोटरसाइकल, इन्जिनियरले १० लाख नगद र कार पाए विवाह गर्ने बताएपछि उनी सारै दुःखी भए ।

(६) छोरीले यो कुरा थाहा पाएपछि निकै दुःख मानिन् । तर उनी आफ्ना मातापितासँग थिइन् । अन्ततः विवाहको कुरा छिनियो ।
(७) एक जना इन्जिनियरले जन्ति लिएर आयो । विवाहको मण्डप सजियो ्र सिन्दूर हाल्ने वेलामा दुलाहाका वावुले “६ लाख नगद हातमा नदिए, वेहुला फिर्ता लैजाने“ अडान लिए ।

(८) रमाका वाले पैसा ल्याएर टकारे तर त्यो अलि अपुग थियो । दुलाहा र उसका वुवाले अपमान गर्न छोडेनन् । दुलहीको भेषमा सजिएकी रमाले यो सबै सहन सकिनन् ।

(९) उनले जन्ति र दुलाहातिर फर्केर भनिन् “एउटा माग्नेले पाँच–दश रुपैया माग्छ । हामी “काम गरेर खानु पर्छ“ भनेर उपदेश दिन्छौं । जन्ती लिएर माग्न आउने यस्ता मगन्तेहरूको हामी प्रतिकार गर्न सक्दैनौं । कामै नगरी सित्तैमा मागेर खान पल्केका यस्ता “भिखारी“सँग म विवाह गर्न सक्दिन । म भिखारीको सम्मान गर्न सक्छु तर यस्ता परजीवीहरूको सम्मान गर्न सक्दिन ।“

(१०) यी सम्भ्रान्त माग्नेहरूले आफ्नो लागि मागेका हुन्, आफ्नो स्वादको लागि मागेका हुन् । यस्ता स्वार्थीहरूबाट सुखको आशा गर्न सकिन्न । ब्वाँसाको मुखमा रगत लगेपछि रगत नै खोज्दछ । एक पटक सित्तैमा धन पाएपछि यिनले हमेशा सित्तै खोज्ने छन् । म सुखी हुनै सक्दिन ।

(११) अन्ततः जन्तिनै लिएर रवाफसँग आए पनि यी मगन्ते नै हुन् । म एउटा म एउटा मगन्तेसँग कसरी विवाह गर्न सक्छु र एउटा मागेर खान पल्केका ले भोली परिश्रम गरेर परिवार पाल्छ भन्ने कुरा म कसरी विश्वास गरूँ ?

(१२) रामले पुलिस बोलाएर दाइजो माग्नेलाई मामा घर पठाईन् ।

दाइजो माग्ने र दिनेहरू दूवै मगन्तेहरू हुन् । सित्तैमा खान पल्केका ब्वाँसा हुन् । दाइजो माग्ने र दिने दुवैको सामाजिक, पारिवारिक र धार्मिकरूपमा वहिस्कार गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशी मुद्रा आर्जन र विदेशी अनुभवको निम्ति पनि नेपालीलाई विदेश पठाउनुपर्छः वामदेव गौतम(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव

सरकारसँगको वार्तामा शिक्षक महासंघले भन्यो-हाम्रो मागमा टसमस हुँदैनौं

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता शनिबार बिहान वार्ता

हौसिनुको गन्तव्य के ?

-डा. गोविन्दशरण उपाध्याय । हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी

सुनीताजीहरुले ‘स्टन्ट’ले मुलुक बन्दैन भन्ने बुझेको दिन हुनेछ पार्टी र देशको रूपान्तरण

-नारायण गाउँले । हरेक १० जना नेपालीमध्ये झन्डै तीन जनालाई एमाले मन पर्छ