नेपाली माओवाद र टाई



डा. गोविन्दशरण उपाध्याय ।

प्रचण्ड पथको अन्त्य भएपछि पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड रहेनन् तर पनि आठौँ अधिवेशनले दाहाललाई नै अध्यक्ष चुनेको छ । यस पटकको महाधिवेशनले दुई वटा काम गरेको छः माओवादीले पुराण लगाउन नहुने र RIP लेख्न नहुने । बन्द–सत्रमा दाहालले यो प्रस्ताव पेश गर्दा उनी सधैंझैं उनको घांटीमा “टाई“ झुण्डिएकै थियो । सन् १६१८ देखि १६४८ सम्म चलेको तीन दशक लामो पर्सीयन युद्धमा विजय प्राप्त गरेपछि फ्रान्सका राजा लुइसले सन् १६४९ को अक्टुबर महिनाको १८ तारिकका दिन आफ्नो सम्पूर्ण सेनालाई जिससमा अर्पण गर्दै जिससलाई हत्या गरिएको क्रुसको प्रतिक टाई हरेक सैनिकको घांटीमा उपहार स्वरूप बाँधिदिएका थिए ।

सन् १६१८ देखि नै एस्तो उपहार दिंदै आए पनि (युद्धमा मारिने सैनिकलेजिससलाई छातिमा टाँसेर स्वर्ग प्राप्त गरोस् भन्ने उद्देश्यले अधिकारी दर्जाका सैनिकहरूलाई टाई उपहार दिन्थे तर युद्धमा विजय प्राप्त गरेपछि सबैले प्राप्त गरे) सबैको लागि १६४९ को अक्टुबर महिनाको १८ वितरण गरिएको थियो । त्यसैले सम्पूर्ण पश्चिमाहरूले अक्टुबर १८ लाई टाई–दिवसको रूपमा मान्छन् ।

श्रीदाहालले माओको तस्वीरमा फूलमाला अर्पण गर्दा पनि “टाई“ छोडेन् न “माओवादीले पुराण लगाउन पाइंदैन“ भनेर उर्दी जारिगर्दा नै “टाई“ छोडे । त्यसो त जनयुद्धको वेला गुरुकुलमा पढ्ने बटुकहरूको टुप्पी र जनै काट्दा र संस्कृतका शिक्षकहरूको हत्या गर्दा देशभरि फैलिएका १३ हजार चर्च र तिनका अगुवाहरुप्रति माओवादी सहिष्णुनै रहे – आरोप होइन, इतिहास हो । श्रीपुष्पकमल दाहाल र तिनको पार्टीले “प्रचण्डपथ“ त्यागे पनि “टाई“ पथमा दृढ रहेको कुरामा आस्वस्त हुनैपर्छ । नेपालको रैथाने मौलिकताप्रति उहाँको घृणा र असहिष्णुले माओवादलाई समाप्त पार्ने छ । आम माओवादी मतदाताले उर्दीको अवज्ञानै गर्नेछन् भन्ने पनि निश्चित छ ।

1. टाईले क्रूसको प्रतिनिधित्व गर्छ |
२. टाई आधुनिकताको प्रतिक होइन |
३. टाईलाई अनिवार्य गर्ने विद्यालयहरूले इसाई-संस्कृतिको विस्तार गरिरहेका छन् |
४. विकास, प्रगति र धर्मनिरेक्षतासंग टाईको कुनै सम्वन्ध छैन |
५. टाईको बनाबटका कारण यसले गलवंदीको काम पनि गर्दैन |
६. टाई लगाएर मान्छे स्मार्ट देखिन्छ भन्नु मनोबैज्ञानिक भ्रम हो |

अध्यक्ष कमरेडलाई बधाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यत्तिकै हचुवाको भरमा संविधान संशोधन गर्ने मात्रै भनेर हुन्छ र ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मञ्जु खाँणले अन्नको भण्डारका

साँफेबगरको हाटबजारमा भीषण आगलागी, १० पसल जेलर नष्ट

अछाम । अछामको साँफेबगरमा भएको आगलागीबाट १० पसल जलेर नष्ट भएका छन् ।

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौ‌ं । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गए राति

हौसिनुको गन्तव्य के ?

-डा. गोविन्दशरण उपाध्याय । हामी नेपालीहरू हौसिन्छौँ, तम्सिन्छौँ रौसिन्छौँ । कुन ठाउँमा कसरी