नेताज्यूहरु, लोकतन्त्रको मूल्य, मान्यता र मर्मको भाव बुझिदिनुहोस् !



शारदाप्रसाद त्रिताल ।

हाम्रो देशका राजनीतिक नेता लगायत चल्तापुर्जाहरु भनिने सबैले लोकतन्त्रको कुरा गर्छन् । कानुनी शासनको कुरा गर्छन् । सुशासनको कुरा गर्छन् । तर यी सबै विषय के हुन् नागरिकले बुझ्नै नसक्ने अवस्था सिर्जना गर्छन् ।मैले पढेको र बुझेको लोकतन्त्रमा प्रत्येक मुद्धा (Issues) संवैधानिक र कानुनी बाटोबाट समाधान गरिन्छ । यदि संवैधानिक र कानुनी मार्ग अवरुद्ध भएमा जनताको अभिमतबाट समाधान खोजिन्छ । त्यो पनि नभएमा जनसंघर्षबाट समाधान खोजिन्छ ।

अहिले हामीसँग संविधानसभाको नामबाट निर्मित संविधान छ । सोही अनुसारका अधिकांश कानुनहरु पनि बनेका छन् । संविधानले निर्माण गरेका संयन्त्रहरु पनि चलायमान छन् । नेताहरुले नै उत्कृष्ठ भनिएको संविधान निर्माणमा संलग्न नेताहरुकै हालिमुहाली छ । संविधान वा कानुन अनुसार निर्मित संयन्त्रका पदाधिकारीहरु आफ्नो दायित्वबाट विचलित भएमा संविधान र कानुनको प्रक्रियाद्वारा नै त्यस्ता पदाधिकारीउपर कारवाही गरी कानुनको शासनको परिपालना गर्न गराउन सकिने बाटो खुला रहेकोछ ।

प्रधान न्यायधीशले आफ्नो पद अनुसारको आचरण नगरेमा संविधान अनुसार संसदले महाभियोगको माध्यमबाट निजउपर कारवाही गर्न सक्ने बाटो खुल्ला छ । तर विद्यमान संविधान, कानुन र संयन्त्रलाई अनदेखा गरेर त्यस्ता पक्षलाई पन्छाएर फेरि पनि उत्ताउलो प्रक्रियाबाट समाधान खोज्ने प्रवृत्ति देखा पर्दैछ ।
तसर्थ,
नेताज्यूहरु !
तपाइँहरुले नै बनाएको संविधानको पालना गर्नुहोस्, गराउनुहोस् ।
कानुनको शासनको उल्लंघन हुनबाट अव त बचाउनुहोस् ।
संसदबाट समाधान खोज्नुहोस् ।
लोकतन्त्रको मूल्य, मान्यता र मर्मको ख्याल गरिदिनहोस् ।
तपाइँहरुद्वारा निरन्तर भइरहेको अन्याय र अराजकताबाट अव त यो देश र नागरिकलाई मुक्ति दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत र पाकिस्तान तनावपछि नेपालले भन्यो-नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिन्छ

काठमाडौं । नेपालले भारतको पहलगाममा अप्रिल २२ मा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । काठमाडौंको तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ

चौथाइवाले फर्केपछि भाजपा नेता कोश्यारी काठमाडौंमा, खुमलटारमा प्रचण्डसँग भेट

काठमाडौं । भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष

सरकारले भन्यो-रेशम पक्राउ घटनामा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह छैन

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउमा कुनै पूर्वाग्रह नभएको